द्विपक्षीय व्यवसायिक सम्बन्ध विस्तार गर्न सीएनआई र बीभीएमडब्ल्यू बीच समझदारी


२०८० माघ २४ गते नेपाल उद्योग परिसंघ (CNI) साना तथा मझौला जर्मन व्यवसायिक संघ(BVMW) बीच द्विपक्षीय व्यवसायिक सम्बन्ध एवं सहकायका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले नवप्रवर्द्धन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ ।
समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र
बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गर्नुभयो ।
सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगहरूबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले नेपाल र जर्मन एसएमइज् बीचको सहकार्यले दुबै राष्ट्रको विकासमा टेवा पु-याउने र समृद्धितर्फ डो-याउन सहयोग गर्ने विश्वास व्यक्त गनुभयो ।
कार्यक्रममा नेपालका लागि जर्मन राजदूत डा.थोमस प्रिञ्जले यस सहकार्यले व्यवसायिक तथा लगानी अवसरलाई सहजीकरण गर्न भूमिका खेल्ने बताउनुभयो । उहाँले दुई देशकासाना तथा मझौला उद्योगहरूबीचको सहकार्यलाई बढावा दिन तथा सीमापार व्यापार सहजगर्न समेत यसले उल्लेख्य योगदान गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि थपलियाले यस समझदारीको उद्देश्य व्यवसायिक सम्बन्ध अभिृवृद्धि गर्ने, लगानी आकर्षित गने, दुबै देशका लागि हित हुने संयुक्त उद्यमकाअवसरहरू खोज्ने रहेको बताउनुभयो । सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे र महानिर्देशक दीपकराज जोशी तथा सीएआई वमन लिडरसीप मेम्बर रीता भण्डारी लगायत सहभागी हुनुहुन्थ्यो ।

……………………………………………………………………………………………

Leave a Reply