नयाँ सरकार गठन सहितका विषयमा दलहरु छलफलमा

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई या दुई भन्दा बढी दल मिलेर नयाँ सरकार गठन गर्न राजनीतिक दलहरुलाई दिएको समय सीमा २ दिन बाँकी छदा राजनीतिक दलहरु नयाँ सरकार गठन लगायतका विषयमा सघन ढंगबाट छलफलमा जुटेका छन् । सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा (माके)का अध्यक्ष प्रचण्ड र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल बीच हिजो साझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त विषयमा छलफल भएपनि सो छलफल टुङ्गोमा पुग्न नसकेपछि आज पुन: छलफल गर्ने सहमती भएको प्रधानमन्त्री निवास बालुवाटार श्रोतले जनाएको छ ।

यता नेकपा (एमाले)ले आफूलाई राष्ट्रपति र सभामुख बनाउन सहयोग गरेमा नेकपा (माके)का अध्यक्ष प्रचण्डलाई ३ वर्षसम्म प्रधानमन्त्री बनाउन सहयोग गर्ने प्रस्ताव गरेको समाचार सार्वजनिक भएको छ ।

यस्तै नेकपा (माके)का अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनलाई मनाउन अर्थ मन्त्री शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मनाउन र नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउलाई प्रचण्डलाई मनाउन नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रयत्न गरिरहनु भएको खबर सार्वजनिक भएका छन् ।

यता सो सहितका विषयमा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली लगायतका सो पार्टीका नेताहरु पनि विभिन्न दलका नेताहरुसँग छलफल र संवाद गरिरहनुभएको जनाइएको छ । यसै क्रममा नेकपा (एमाले)का अध्यक्ष ओली र जसपाका अध्यक्ष उपेन्द्र यादव बीच पनि छलफल भएको बताइएको छ ।

Leave a Reply