जेनजी जेड आन्दोलनपछि गएको शुक्रबार साझ प्रधानमन्त्री बनेकी सुशिला कार्कीको सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले अर्थ मन्त्रालयका पूर्व सचिव रामेश्वर खनाललाई अर्थ, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, जलश्रोत तथा सिंचाई, शहरी विकास र यातायात तथा भौतिक पूर्वाधार र अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरी राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । यससँगै प्रधानमन्त्री कार्कीको नेतृतवमा ४ सदस्यीय मन्त्रीपरिषद निर्माण भएको छ तर अझै १५ वटा मन्त्रनलय प्रधानमन्त्री कार्कीसँगै छन् । शुक्रबार नपयुक्त भएर पद तथा गोपनीयताको सपथ ग्रहण गरेपनि प्रधानमन्त्री कार्कीले आइतबार मात्र प्रधानमन्त्रीको पदभार सम्हाल्नुभएको हो । त्यस अघि शनिबार उहाँले नयाँबानेश्वरस्थित सिभिल सर्भिस हस्पिटलमा उपचार गराइरहेका जेनजी जेड आन्दोलनका घाइतहरुलाई भेट्नुभएको थियो ।
सोमबार नै मन्त्रीपरिषदको बैठक बसेको छ । सो बैठकले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको मन्त्रपरिषदमा निर्णयका लागि पेश भएका प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको बताइएको छ । यसैगरी बैठकले जेनजी जेड आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ उनीहरुको अन्तिम संस्कार गर्ने,उनीहरुको सम्मानमा असोज १ गते शोक मनाउने र सो दिन सार्वजनिक बिदा दिने ,जेनजी जेड आन्दोलनका क्रममा मारिएका व्यक्तिको क्षतिपूर्ति स्वरुप उनीहरुको परिवारलाई रु.१५ लाखका दरले प्रदान गर्ने र जेनजी जेड जागरण स्मारक पार्क निर्माण गर्ने निर्णय गरेको गृह मन्त्री अर्यालले सञ्चारकर्मीलाई बताउनुभयो । बैठकले जेनजी जेडको प्रदर्शनको छाविन गर्न पूर्व न्यायधीशको नेतृत्वमा न्यायिक छानविन आयोग गठन गर्ने सैद्धान्ति निर्णय गरेको मन्त्री अर्यालको भनाई छ ।
अर्थ मन्त्री खनाल र उर्जा मन्त्री घिसिङले तलव, भत्ता सहित सरकारी सुबिधा नलिने
अर्थ मन्त्री रामेश्वर खनालले एक जना चालक बाहेक सरकारी गाडी, पीएसओ सहितका सरकारी सुबिधा नलिने बताउनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा पदभार सम्हालेका मन्त्री खनालले साना टुक्रे आयोजना खारेज गरि बजेट कार्यान्वयन गर्ने क्रममा आयजना छनौटका लागि कार्यदल बनाउनुभएको जनाइएक छ । उहाँले सचिवालय नबनाउने बताउनुभएको बताइएको छ ।
यसैगरी उर्जा, जलश्रोत तथा सिंचाई, शहरी विकास र यातायात तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले पनि मन्त्रीको तलव सुविधा सहितका सरकारी सुबिधा नलिने र आफूले मन्त्री हुदा पाउने तलव भत्ता शहीद परिवार कोषमा जममा गर्ने बताउनुभयो । मन्त्रीको पदभार सम्हाले लगत्तै त्रि.वि शिक्षण अस्पताल महाराजगञ्ज पुुगेर जेनजी जेड आन्दोलनमा मारिएका व्यक्तिका परिवारलाई भेटेका मन्त्री घिसिङले दिनको १८ घण्टा काम गर्नु पर्ने र इमानदरीपूर्वक काम नगर्ने कर्मचारीलाई पदबाट हटाउने बताउनुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणलाई विशेष सुकिधा सहित विद्युत आपूर्ति गरे वापतको ट्रंक लाइन तथा डेडिकेटिड लााइन वापतको रकम उठाउन निर्देशन दिनुभएको जनाइएको छ । उहाँले जेनजी जेड आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचना निर्माणको एक हप्ता भित्र कार्य योजना बनाउन निर्देशन दिनुका सााथै डिजेल र पेट्रोल आयात घटाउने गरि विद्युत खपत बढाउन विद्युतीय सवारी साधन चलाउने र विद्युतीय उपकरण प्रयोग गर्नु पर्नेमा जोड दिनुभएको बताइएको छ । आफूले सह्हालेको मन्त्रालयका कर्मचारी र पत्रकारलाई काा गर्मने क्रममन दबिधा भएमा आफूदाई सपधै भेट्न आग्रह गर्नुभयो ।
त्यतै गृह र कानून, न्याय तथा संसदीय मामिला मनेत्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयमा पद सम्हाल्दै जेनजी जेड आन्दोलनमा मारिएका व्यक्तिको परिवारको सहनयता सवरुप रु.१ लाखका दरले प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।
नवनियुक्त महान्यायधिवक्ता भण्डारीद्वारा पदभार ग्रहण
आइतबार प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट महान्यायधिवक्ता पदमा नियुक्त भएकी सविता भण्डारीले सोमबार सोमबार महान्यायभिवक्ताको पदभार समहाल्नुभयो । महान्यायधिवक्ता रमेश बडालले सो पदबाट राजिनामा दिएपछि रिक्त रहेको उक्त पदमा उहाँलाई नियुक्त गरेिएको हो । भण्डारी नेपालकको महान्यायधिवक्ता बन्ने पहिलो महिला हुनुहुन्छ । उहाँ बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हो ।





