नवनियुक्त ४ मन्त्रीले राष्ट्रपतिबाट लिए पद तथा गोपनीयताको सपथ

प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रीपरिषदमा महावीर पुन, अनिलकुमार सिन्हा, जगदीश खरेल र मदन परियार गरी ४ जना नयाँ मन्त्री थपिएका छन् । उनीहरुलाई प्रधानमन्त्री कार्की लगायतको उपस्थितिमा केहीबेीर अघि काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा आय‍जित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । गत भदौ ३० गते बिस्तार गरिएको कार्की नेतृत्वको ४ सदस्यीय मन्त्रीपरिषद आज दोश्रो पटक बिस्तार गरी ४ जना मन्त्री थपिएका छन् । यससँगै कार्की नेतृत्वको मन्त्रीपरिषद ८ सदस्यीय भएको छ । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोहमा यश पटक प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि उपस्थित चएका थिए ।

आविस्कार केन्द्रका प्रमुख रहेका महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय , सर्वोच्च अदालतका पूर्व न्यायधीश अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, इमेज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी जगदिश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र समता फाउण्डेसनमा कार्यरत मदन परियारलाई कृषि तथा पशुपंछी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । कुलमान घिसिङलाई उर्जा, जलश्रोत तथा सपंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय र यातायात तथा भौतिक पूर्बाधार मन्त्रालयको जिम्मेवारी प्रदान गर्नुकासाथै रामेश्वर खनाललाई अर्थ मन्त्रालयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ तर ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको मात्र जिम्मेवारी दिइएको छ । यस अघि उनले सम्हालेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा पूर्व न्यायधीश अनिलकुमनर सिन्हालाई दिइएको छ ।

रक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालय प्रधानमन्त्री कार्कीसँगै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरिएकी मिश्रको पद अन्तिम समयमा गरियो होल्ड

आइतबार मन्त्रीको लागि ५ जनाको नाम प्रधानमनत्री कार्कीले राष्ट्रपति कार्यालय सिफारिस गरेर पठाएपनि स्वास्थ्य तथा जनस०ख्या मज्त्रीका लागि सिफारिस गरिएकी डा.संगीता कौसल मिश्रको बारेमा विवाद भएपछि अन्तिम समयमा उनको नाम होल्ड गरि नवनियुक्त ४ जना मन्त्रीलाई मात्र राष्ट्रपति पौडेलले मन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गराएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *