नवरत्न साकोसको १८औं वार्षिक साधारण सभा पुस १३ गते हुने,१३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

गोदाबारी नगरपालिका -३, टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारण सभा २०८१ पुष १३ गते शनिबार विहान ११:०० बजेदेखि गोदाबारी पार्टी प्यालेस, टौखेलमा गर्ने तयारी भइरहेको स‍ोही संस्थाका अध्यक्ष देवराज गिरीले बताउनुभएको छ । आर्थिक वर्ष २०८०/०८१ मा आफ्ना शेयर सदस्यहरु बीच भएको वित्तीय कारोबारबाट उक्त संस्थाले ५६,५६,७०९ रुपैया मुनाफा आर्जन गरेको र सोही मुनाफाको आधारमा शेयर सदस्यहरुलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव त्यसै साधारण सभामा गर्ने योजना रहेको उहाँको भनाइ छ । यसैगरी सहकारी ऐन , नपयमावली तथा संस्थाको आफ्नो विनियममा भएको व्यवस्था अनुसार यो संस्थाले संरक्षित पूँजी फिर्ता कोषबाट शेयर सदस्यहरुलाई रु.११,३४,९९९.१७ प्रदान गरेको र नियमानुसार शेयर सदस्यहरुले पाउने रकम उनीहरुको खातामा पठाइएको बताइएको छ ।

स्थानीय समुदायमा आधारित रहेर यो संस्था राम्रोसँग सञ्चालन भइरहेको जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *