नागको पूजा गरि मनाइयो नागपञ्चमी

नागको पूजा गरि आज यो वर्षको नागपघ्चमी पर्व मनाइएको छ । नागपोखरी , टौदह लगाायतका जलासयमा आज अष्ट नागको पूजा गरिएको छ । विशेषगरी हिन्दू धर्मावलम्वी लगायतले बर्षातका देवताको रुपमा नागको पूजा गर्ने चलन छ । नागको पूजा गर्नाले राम्रो हुने जनविश्वास छ ।

बिगतका वर्षहरुमा झै आज घरघरमा नागको तस्विर टाँसिएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा पुरेतहरुले आफ्ना जजमानका घरको भित्तामा टासेका नागको चित्रमा नागसँगै माछा, खजुरो, माकुराको चित्र रहेको देखिएको छ ।

नागपञ्चमीको दिनबाट चाडपर्व शुरु हुने जनविश्वास छ । नागपञ्चमीबाट हिउद लाग्ने र श्रीपञ्चमी अर्थात बसन्तपञ्चमीबाट बर्खा लाग्छ भन्ने मान्यता नेपालका धेरै ठाउँमा रहेको पाइन्छ । नागपञ्चमीदेखि जनैपूर्णिमा आसपासमा रसुवाको गोसाईकुण्ड, संखुवासभाको भापोखरी लगायतमा दर्शन गर्न भक्तजनहरु जाने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *