नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टी बीच एकीकरण

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टी आइतबार जनकपुरधाममा एक कार्यक्रम बीच एकीकरण भएको घोषणा गरियो ।

सो घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले मधेशवादी दलहरुका नेताहरुले आफूहरुसँग धोकाधडी गरेको भन्दै मधेशी , थारु लगायतका उत्पीडित जनताको पक्षमा लड्दा आफूले ८ वर्ष जेलमा बस्नु परेको बताउनुभयो ।

त्यस अवसरमा नागरिक उन्मुक्ति पार्टका नेता लक्ष्मण थारु नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी सहित एकीकरण भएका दुवै दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस अघि नागरिक उन्मुक्ति पार्टीसँग संघीय लिम्बुवान परिषदबाट फुटकोए एउटा समूह एकीकरण भएको थियो

Leave a Reply