नारायण गोपाल स्मृति पुरस्कार गायिका देविका बन्दनालाई

यस वर्षको नारायण गोपाल स्मृति पुरस्कार नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका देविका बन्दनालाई प्रदान गरिने भएको छ । नेपाली सांगीतिक क्षेत्र वरिष्ठ गायक तथा संगीतकार एवं स्वरसम्राट नारायण गोपालको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाली सांगीतिक क्षेत्रमा विशेष योगदान पु-याएका कलाकारलाई प्रदान गरी सम्मान सरिदै आएको बताइएको छ । लोकप्रिय गायिका देविका बन्दनाका ‘यस्तै रहेछ यहाँको चलन ,……….।’ लगायतका गीत दर्शक/ श्रोता माझ प्रिय बनेका छन् ।

यसैगरी चलचित्रकर्मी स्मृति सम्मानबाट कलाकार भुवनेश्वर अमात्यलाई सम्मान गर्ने घोषणा गरिएको जनाइएको छ ।

Leave a Reply