निर्वाचन आयोगले थाल्यो समानुपातिक सांसदको नामावली छानविन, अन्तिम नतिजा घोषणा भोलि

निर्वाचन आयोगले आफूले प्रदान गरेको समय सीमा भन्दा केही ढिलो गरी राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्दसूचीमा रहेका उम्मेद्वारहरुमध्येबाट आफूले प्राप्त गरेको मतका आधारमा पाउने सिटमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि सिफारिस गरेका नाम उपर छानविन थालेको जनाऐको छ । दलहरुले आफूले सिफारिस गरेका नाम सच्याउन चाहेमा वा क्लष्टर मिलाउनु परेमा त्यसका लागि भोलि सम्मको हमय दिएको र भोलि नै प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फका सदस्यहरुको विजय घोषणा गर्ने निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् । कानुन अनुसार निर्वाचनको समानुपातिक तर्फको अन्तिम नतिजा घोषणा भएको ७ भित्र निर्वाचनको सम्पूर्ण विवरण राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने उनीहरुको भनाई छ । निर्वाचन आयोगले राष्ट्रपति समक्ष निर्वाचन परिणाम सहितको विवरण बुझाएपछि संघ र प्रदेश सरकार गठन लगायतका प्रक्रिया अगाडि बढ्ने छन् ।

मुस्किले गरे दलहरुले समानुपातिक तर्फको प्रतिनिधि सभाज्ञप्रदेश सभा सदस्यको छनौट

नेपाली कांग्रेस , नेकपा (एमाले), रास्वपा र राप्रपालाई समानुपातिक तर्फ प्रतिनिधि सभा सदसृय छनौट गर्न निकै सकस परेको थियो , जसका कारण नेकपा (एमाले)ले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई समानुपातिक तर्फका सांसद छनौट गर्ने अधिकार प्रदान ग-यो । अध्यक्ष ओलीले सिफारिस गरेका ३४ जनामा चुनाव अघि जनता समाजवादी पार्टी , नेपाल छोडेर नेकपा (एमाले) प्रवेश गरेका हेमराज राई लगायत प्रतिनिधि सभा सदस्यमा परेका छन् । त्यसैगरी नेपाली कांग्रेस भित्र पनि समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्य छनौटको जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो । सभापति देउवालाई सो अधिकार प्रदान गरेकोप्रति नेता अर्जुन नरसिंह के.सी.ले विरोध गर्नुभएको थियो । उहाँले छनौट गरेको ३२ जना भित्र नेता गोपालमान श्रेष्ठ नअटाएपनि सभापति देउवा पत्नी आरजु राणा देउवा , गृह मन्त्री पत्नी मञ्जु खाण लगायत प्रतिनिधि सभा सदस्यको सूचीमा परेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि प्रतिनिधि सभाको समानुपातिक तर्फका सांसद छनौटमा विवाद भएपछि सो पार्टीको कार्यालयमा कार्यकर्ताहरुले धर्ना नै बस्नुप-यो । त्यस्तै राप्रपा भित्र पनि प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक तर्फका सदस्य छनौटमा विवाद उत्पन्न भएपछि समानुपातिक तर्फका प्रतिनिधि सभाका समानुपातिक सदस्य छनौटको जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइयो । अध्यक्ष लिङ्देनले छनौट गरेको प्रतिनिधि सभा सदस्यको सूचीमा नेताहरु पशुपति शमशेर जबरा र बुद्धिमान तामाङ लगायत परेपनि नेता प्रकाशचन्द्र लोहनीको नाम भने अटेन ।

यता प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नं.१ बाट जितेका जनता समाजवादी पार्टी , नेपालका संघीय परिषद अध्यक्ष अवोक राईकी पत्नी सुशिला श्रेष्ठ पनि जनता समाजवादी पार्टी , नेपालको प्रतिनिधि सभा सदस्यमा समानुपातिक सूचीबाट छनौटमा पर्नुभएको छ । यससँगै नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री देउवासँगै जनता समाजवादी पार्टी, नेपाल संघीय परिषद अध्यक्ष अशोक राई पनि पत्नीसहित प्रतिनिधि सभामा जाने निश्चित भएको छ ।

समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा दलहरुले छनौट गरेको नाम निम्न अनुसार छ ।

१. नेकपा (एमाले)

आदिबासी जनजाती तर्फ

हेमराज राई , नैनकला थापा , कालुराम राई , सूर्यकुमारी श्रेष्ठ , रणकुमारी बलम्पाकी , उर्मिला थेवे , शान्ति श्रेष्ठ , ईश्वरी घर्ती र सरस्वती सुब्बा

खस आर्यतर्फ

रघुजी पन्त , मेनका पोखरेल काफ्ले , एकनाथ ढकाल , सरिता भुसाल , दयालबहादुर शाही , शोभा ज्ञवाली , विजुला रायमाझी , सुनिता बराल , निर्मला कोइराला , दीपा शर्मा र सम्झना थपलिया

थारुत्फ

शान्ति चौधरी र आश्माकुमारी चौधरी

दलिततर्फ

प्रभु हजारा पासवान , ईश्वरबहादुर रिजाल ,
चन्द्रबहादुर विश्वकर्मा , हर्कमाया विश्वकर्मा र
रुक्मणी राना बराइली

मधेशीतर्फ

अमृता अग्रहरी , अमृतलाल राजबंसी ,
गंगाप्रसाद यादव , विना देवी र प्रतिक्षा तिवारी मुखिया

मुस्लिमतर्फ

सराज अहमद खान

२. नेपाली कांग्रेस

खस आर्यतर्फ

आरजु राणा देउवा , अम्बिका बस्नेत , मञ्जु खाण , डा. प्रकाशशरण महत , ईश्वरी न्यौपाने , सरिता प्रसाई , रमा कोइराला पौड्याल , प्रतिमा गौतम , मैना रावल र कान्तिका सेजुवाल

आदिबासी जनजातीतर्फ

लीलादेवी बोखिम (लिम्वु) , सरस्वती बजिमय , सीताकुमारी राना , सपना राजभण्डारी , सुशिला थिङ , माया राई , मनोरमा शेरचन , कुसुम थापामगर र अञ्जनी श्रेष्ठ

दलिततर्फ

जीवन परियार , रुपा विक , सीता मिजार , शान्ति विक
र आशा विक

मधेशीतर्फ

विमलेन्द्र निधि , मुक्ताकुमारी यादव , संगिता मण्डल र नगिना यादव

थारुतर्फ

चन्दा चौधरी , विनाकुमारी थनेत र कल्पना चौधरी

मुस्लिमतर्फ

जावेदा खातुन जागा

३. नेकपा (माके )

आदिबासी जनजातीतर्फ

मिना तामाङ , दुर्गा राई , उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ

खस आर्यतर्फ


हितराज पाण्डे , विमला सुवेदी , नारायणी शर्मा र ज्ञानु बस्नेत सुवेदी

थारु तर्फ

रुपासोसी चौधरी

दलिततर्फ

सुशिला श्रीपाली ठकुरी र
रणेन्द्र बराली

मधेशीतर्फ

अमरावतीदेवी यादव र मिना यादव

पिछडिएको क्षेत्रतर्फ

कल्पना मिया

४. रास्वपा

दलिततर्फ

शिव नेपाली र सन्तोष परियार

आदिबासी जनजातीतर्फ

इन्दिरा राना मगर , डा. ढाकाकुमार श्रेष्ठ र
सुमना श्रेष्ठ

खस आर्यतर्फ


डा. चन्दा कार, निषा डाँगी र
डोलप्रसाद अर्याल

पिछडिएको क्षेत्रतर्फ



विनिता कठायत

मधेशीतर्फ


मनिषा झा र लक्ष्मी तिवारी

थारुतर्फ

अशोक चौधरी

मुस्लिमतर्फ

असिम साह

. राप्रपा

खस आर्यतर्फ

पशपति शमशेर जबरा, रोशन कार्की र गीता बस्नेत

आदिबासी जनजातीतर्फ

बुद्धिमान तामाङ र विना लामा

मधेशीतर्फ

विना जयसवाल

दलिततर्फ

अनिता नेपाली

६. जनता समाजवादी पार्टी , नेपाल

खस आर्यतर्फ

रेखा यादव थापा र प्रकाश अधिकारी

आदिबासी जनजातीतर्फ

सुशिला श्रेष्ठ

मधेशीतर्फ


रञ्जुकुमारी झा ठाकुर

मुस्लिमतर्फ


सहनाज रहमान

७. जनमत पार्टी

मधेशीतर्फ

विनिताकुमारी सिंह र अनिता साह

खस आर्यतर्फ

गोमा सापकोटा

मुस्लिमतर्फ


अब्दुल खान

पिछडिएको क्षेत्र


सोनु मुर्मुर

Leave a Reply