नेपाली कम्युनिष्ट आन्दोलनभित्रको विसर्जनवाद विरुद्ध वैचारिक संघर्ष गर्ने निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टीको कैन्द्रीय समितिको बैठक अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा यही भदौ १४ र १५ गते हेटौडामा सम्पन्न भयो । बैठकल केन्द्रीय सदस्यहरुको सुझावसहित अध्यक्ष कट्टेलले प्रस्तुत गर्नुभएको राजनीतिक तथा सांगठानिक प्रतिवेदन पारित गरेको सो पार्टीले जनाएको छ । बैठकले सो पार्टीको सांगठानिक कार्य योजना निर्माण गरी सोही अनुरुप आगामी बैशाखमा उक्त पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले एमसीसी (MCC) लगायतका राष्ट्रघाती सन्धी सम्झौताको खारेजी, राष्ट्रिय स्वाधिनताको रक्षा, जनजीविका तथा मुलुकमा विद्यमान बेथीति र जनघात विरुद्ध सो पार्टीले सञ्चालन गर्दै आएको जनजागरण अभियानलाई निरन्तरता दिने , मुलुकमा बढिरहको वैदेशिक हस्तक्षेप र सरकारले गरेको जनघात विरुद्ध संघर्ष गर्ने निर्णय गरेको बताइएको छ । बैठकले नेपाललाई वेवास्ता गरि भारत र चीनले नेपाली भूमि लिपुलेकको बाटो भएर व्यापार गर्ने् भनी हालै गरेको सम्झौताको विरोध गर्दै नेपालको नक्सामा समावेश भएको अतिक्रमित सबै नेपाली भूमि फिर्ता ल्याउने कार्य गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । बैठकले भूमिहिन सुकुम्बासीको नाममा भू-माफियाहरुले गरिरहेको जग्गा जमिन कब्जा गर्ने कार्यको विरोध गर्दै भूमिहीन सुकुम्बासीको वास्तविक विवरण तत्काल सार्वजनिक गरि भूमिहिन सुकुम्बासी सहित उखु किसान, दुग्ध किसान लगायतको समस्या यथाशीघ्र समाधान गर्न तथा किसानलाई आवश्यक पर्ने मल वीऊ आदि समयमा सहुलियत दरमा उपलब्ध गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । बैठकले निहत्था प्यालेषटाइनीहरुमाथि इजरायलले गरिरहेको नरसंहारको भत्सर्ना गरेको छ ।
बैैैठक शुरु हुनु अघि सो पार्टीका अध्यक्ष कट्टेलले सोही पार्टीको केन्द्रीय समिति सदस्यमा मनोनयन भएका तीर्थ सिग्देल र लक्ष्मण विष्टलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको जनाइएको छ ।






