नेकपा (एमाले) को १०औं महाधिवेशन प्रतिनिधि १,९९९

काठमाडौं / नेकपा (एमाले) को आज बसेको केन्द्रीय कमिटी बैठकलेसो पार्टीको १०औं महाधिवेशनका लागि १,९९९ जना प्रतिनिधि सहभागी सहभागी हुने निर्णय गरेको जनाइएको छ ‌। पत्रकारहरुसँग कुरा गर्दै उक्त पार्टीका सचिव प्रदीप ज्ञवालीले ‘हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठकले आउदो कार्तिक २७ गते महाधिवेशनका लागि देशैभर एकै साथ प्रतिनिधि छनौटको लागि निर्वाचनको मिति तय गरेको छ’, भन्नुभयो । उहाँले यो महाधिवेशनको मूल व्यवस्थापन कमिटीमा स्थायी कमिटी सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई थपी २३ सदस्यीय बनाउने निर्णय गरेको बताउनुभयो । यो महाधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गर्ने निर्णय भएको उहाँको भनाई छ ‌‌।केन्द्रीय कमिटीको अन्तिम बैठक आउदो मंसीर ९ गते चितवनकै सौराहामा बस्ने निर्णय भएको सचिव ज्ञवालीको कथन छ ।

उक्त पार्टीको आउदो मंसीर १० गतेदेखि चितवनको नारायणगढमा १०औं महाधिवेशन गर्ने सो पार्टीले यस अगाडि नै निर्णय गरी सकेको छ । उक्त महाधिवेशनको उद्घाटन कार्यक्रम पश्चात लगत्तै नयाँ नेतृत्वको लागि निर्वाचन कार्यक्रम अगाडि बढाउने निर्णय गरिएको जनाइएको छ । सो पार्टीले गत महिना ललितपुरको गोदावारी मा विधान महाधिवेशन गरी विधान तथा नीति र कार्यक्रम पारित गरी सकेको छ ।

यता उक्त पार्टीका उपाध्यक्ष डा.भीम रावल, उप-महासचिव घनश्याम भुषाल लगायतले भने १० बुँदे सहमती कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

Leave a Reply