नेकपा (एमाले) मा दश बुँदे सहमती कार्यान्वयनलाई लिएर बढ्यो पुन: असन्तुष्टि

काठमाडौं / प्रमुख बिपक्षी दल नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा सो दलका असन्तुष्ट नेता- कार्यकर्ताहरुले नेकपा (एमाले) परित्याग गरी नेकपा (एस) निर्माण गरेको महिना दिन पनि नपुग्दै पुन: नेकपा (एमाले)मा १० बुँदे सहमती कार्यान्वयनको विषयलाई लिएर असन्तुष्टि बढ्ने थालेको छ । सो पार्टीले नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा(एमाले) प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ लाई बागमती प्रदेश र लेखराज भट्टलाई सुदूर पश्चिम प्रदेश कमिटीको इञ्चार्जको रुपमा कामकाज गराउन थालेसँगै असन्तुष्टि देखिएको हो । उक्त पार्टीका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र भीम रावल क्रमश: बागमती प्रदेश र सुदूर पश्चिम प्रदेश कमिटीको पहिले इञ्चार्ज थिए । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले २०७५ जेठ २ गतेको अवस्थामा जस्ताकोतस्तै फर्किन नसक्ने र स्थायी कमिटी सदस्यद्वय बादल र भट्ट नै क्रमश: बागमती प्रदेश र सुदूर पश्चिम प्रदेश कमिटीको इञ्चार्ज हो भनेसँगै यतिबेला उनीहरु दुबै जना इञ्चार्जको हैसियतमा आ-आफ्नो प्रदेशको पार्टी काममा क्रियाशील छन् । आज काठमाडौमा आयोजना गरिएको नेकपा (एमाले) को एक कार्यक्रममा अष्टलक्ष्मी शाक्यले नेकपा (एमाले) को उपाध्यक्ष तथा बागमती प्रदेशको मुख्यमन्त्री र स्थायी कमिटी सदस्य रामबहादुर थापा’ बादल’ ले बागमती प्रदेश कमिटीको इञ्चार्जको हैसियतले सम्बोधन गरेका थिए तर मुख्यमन्त्री शाक्य कार्यक्रमलाई सम्बोधन गरी सक्नासाथै हेटौडा जानु पर्ने भन्दै कार्यक्रमबाट बाहिरिएकाले बादल र शाक्यको कार्यक्रममा भने भेट भएन । उता सो पार्टीका उपाध्यक्ष भीम रावलले धनगढी पुगेर सुदूर पश्चिम प्रदेश कमिटीको इञ्चार्ज चयन नभएको बताएका छन् । यसले नेकपा (एमाले) का नेता कार्यकर्ता नेकपा (एस) मा जानबाट रोक्न र पार्टीलाई सुदृढीकरण गर्ने कार्यमा लागिरहेको बेला त्यस पार्टीमा फेरि असन्तुष्टि देखिनुले नेकपा(एस) लाई फाईदा पुग्ने आँकलन पनि हुन थालेको छ भने १० बुँदे सहमती गरेर नेकपा (एमाले) मै रहेका पूर्व खनाल-नेपाल समूहका नेता-कार्यकर्ताहरुको भविष्य अन्यौल बनेको देखिएको छ । विचार र सिद्धान्तका कारणले भन्दापनि व्यक्तिगत र प्राविधिक कारणले लामो समयको रस्साकस्सी पछि यही भदौको पहिलो हप्ता उक्त पार्टी बिभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) बनेको थियो ।

यता बिभिन्न जिल्लाहरुमा पार्टीको जिल्ला कार्यालय स्थापना गरेको नेकपा (एस) को केन्द्रीय कार्यालय काठमाडौंको मिनभवनमा रहने र २०७८ असोज १ गतेबाट उक्त कार्यालय सञ्चालनमा आउने बताइएको छ ।

नेकपा ()

Leave a Reply