नेकपा (एमाले) र राप्रपाका अध्यक्ष नै ती दलका संसदीय दलको नेता चयन

नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली सो पार्टीको संसदीय दलको नेता सर्वसम्मत चयन हुनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टीको संसदीय दलको नेता सोही पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन हुनुभएको छ ।

नेकपा (एमाले)को आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीलाई संसदीय दलको नेता चयनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रस्तावक र अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले समर्थक बनेर प्रस्ताव पेश गर्नुभएको जनाइएको छ । सो पार्टीको संसदीय दलको उप-नेता, प्रमुख सचेतक र सचेतक भने पछि चयन गर्ने सो पार्टीले जनाएको छ । प्रतिनिधि सभामा उक्त पार्टीका प्रत्यक्ष तर्फबाट ४४ र समानुपातिक तर्फबाट ३४ गरी ७८ जना सांसद छन् ।

यस्तै आजै बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष लिङ्देन निर्विरोध चयन हुनुभएको जनाइएको छ । प्रतिनिधि सभामा प्रत्यक्ष तर्फबाट ७ र समानुपातिक तर्फबाट ७ गरी १४ जना सांसद रहेको उक्त पार्टीको संसदीय दलको उप-नेता र सचेतक भने पछि चयन गर्ने बताइएको छ ।

Leave a Reply