नेकपा (मसाल)को लेनिन शताब्दी स्मृति दिवस र लेनिनवाद’ पुस्तक विमोचन

विश्व सर्वहारा वर्गका महान नेता भी.आई. लेनिनको शताव्दी स्मृति दिवसको अवसरमा नेकपा (मसाल)को आय‍ोजनामा ‘लेनिन शताव्दी स्मृति दिवस र लेनिनवाद’ पुस्तक विमोचन तथा अन्तर्क्रिया कार्यक्रम आइतबार काठमाडौंको बागबजारस्थित ह‍ोटल हार्दिकमा सम्पन्न भयो । नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त कँडेल ‘प्रतिक’ , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य अर्जुन कार्की र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य चिरन सी लगायतले सामुहिक रुपमा नेकपा (मसाल) केन्द्रीय समितिले प्रकाशन गरेको ‘लेनिन शताव्दी स्मृति दिवस र लेनिनवाद’ पुस्तक विमोचन गर्नुभयो । त्यस अवसरमा वक्ताहरुले सर्वहारा वर्गको मुक्ति संघर्ष र समाजवाद निर्माणमा लेेनिनको योगदानको चर्चा गर्दै आजको युगमा लेनिनवादको सान्दर्भिकता रहेको बताए । कार्यक्रममा आधारपत्र प्रस्तुत गरेका नेकपा (मसाल)का प्रवक्ता पुरीले ‘नेपाली कांग्रेस सहितको सत्ता गठबन्धनसँगको हाम्रो सहयात्रा रणनीतिक नभई प्रतिगमनमा मुलुकलाई जानबाट रोक्नलाई मात्रै भएको हो’, भन्नुभयो । कार्यक्रममा लेनिननको बारेमा चर्चा गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य कँडेलले माओका विचारलाई सार्वभौम मान्ने हो भने हामीलाई माओविचारधारा भन्न समस्या नहने बताउनुभयो । यस्तै विश्व कम्युनिष्ट आन्दोलनमा लेनिनको योगदानको चर्चा गर्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य कार्कीले संसदीय व्यवस्थाले १० वर्षे माओवादी जनयुद्धका कमाण्डर प्रचण्डलाई गेरुबस्त्रधारी पुष्षकमल बनाएको भन्दै संसदीय व्यवस्थाबाट कहीँ पनि समाजवाद आएको छैन र नेपालमा पनि संसदीय व्यवस्थाबाट नयाँ जनवादी क्रान्तिको चरण पूरा गरेर समाजवाद स्थापना गर्न नसकिने बताउनुभयो । यसैगरी लेनिनको य‍‍‍ोगदानको चर्चा गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य चिरन सीले क्वाण्टमको थेउरी विकास भइसकेको अवस्थामा द्वन्दवादका ३ नियमको प्रयोगमा कन्फ्युजन देखिएको बताउनुभयो । उहाँले पार्टीहरुले आफू कसरी सञ्चालन हुने भन्ने बारेमा स्पष्ट आर्थिक नीति बनाउन नसकेको विचार व्यक्त गर्नुभयो ।

नेकपा (मसाल)का ३ नं. व्युरोका प्रवक्ता समीर सिंहको अध्यक्षता र सोही पार्टीका काठमाडौंं जिल्ला प्रवक्ता जगतप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा अखिल नेपाल किसान महासघका अध्यक्ष भैरव रेग्मी , अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुुन, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष अधिवक्ता पदम रोका र साहित्यकार प्र.डा. खेम कोइराला ‘बन्धु’ले लेनिनले विश्व सर्वहारा वर्गको गरेको योगदानक‍ो चर्चा गर्नुभयो भने अखिल नेपाल प्रगतिशील लेखक संघका महासचिव भीष्म जोशीले उक्त पुस्तकको समीक्षा गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य समेत रहेका जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका कोषाध्षक्ष मधु कस्तरी लगायतक‍ो उपस्थिति रहेको थियो ।

Leave a Reply