नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । यो १७ वर्षको अवधिमा नेपालको संविधान,२०७२ जारी हुनुका साथै सोही संविधान अनुरुप २०७४ र २०७९ मा संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा , प्रदेश सभा र स्थानीय तहको निर्वाचन भयो भने संघीयं संसदको माथिल्लो सदन राष्ट्रिय सभा निर्वाचन भई निर्माण भएर अगाडि बढिरहेको छ तर दुबै पटक भएका निर्वाचनमा प्रतिनिधि सभा र ७ वटै प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नआउदा दलहरुले मिलेर संयुक्त सरकार निर्माण गर्दै आएका छन् । दलहरु सरकार ढाल्ने र आफू अनुकूलको सरकार निर्माणमा केन्द्रित हुँदै आएका छन् । जसले गर्दा दलहरु मुलुकको आर्थिक , सामाजिक र सांस्कृतिक रुपातन्तरणमा लाग्न सकेका छैनन् । यसले समाजमा निराशा बढ्दै गएको छ भने सरकारमा पुगेका दलहरुका नेता कार्यकर्ताहरुप्रति मानिसहरुले आक्रोश व्यक्त गरेको सामाजिक सञ्जाल लगायतमा देखिदै आएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना दिवसको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *