नेपालल कम्युनिष्ट पार्टीसँग नयाँ जनवादी मोर्चाको एकीकरण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीसँग डा.शम्भु कट्टेल नेतृत्वको नयाँ जनवादी मोर्चाको एकीकरण भएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता एकदेव आलेको ५४औँ स्मृति दिवस तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा पूर्व सांसद नरेन्द्र बस्नेत , केन्द्रीय सदस्यद्वय केशव (सान‍ु यमबहादुर) थापा र सुमित्रा सिंह ठकुरीको असामयिक दु:खद निधनको शोकमा नेपाल कम्युनिष्ट पार्टीले सोही पार्टीको केन्द्रीय कार्यालय , कपन , काठमाडौंमा आज आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उनीहरु बीच एकीकरण भएको घोषणा गरिएको हो । नेपालको कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई मजबुत बनाउने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन अभियानमा सहमत भएर नेपाल कम्युनिष्ट पार्टीसँग नयाँ जनवादी मोर्चाको एकीकरण गरेको डा. शम्भु कट्टेलको भनाइ छ । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टीसँग नयाँ जनवादी मोर्चाको एकताले नेपालको कम्युनिष्ट आन्द‍ोलनको क्रान्तिकारी धारालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै छरिएर रहेर क्रान्तिकारीहरुलाई नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन अभियानमा गोलबन्द हुन आग्रह गर्नुभयो । दिवंगत नेता एकदेव आलेले नेेपालको कम्युनिष्ट आन्दोलनमा पु-याएको योगदानको चर्चा गर्दै अध्यक्ष कट्टेलले नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा पूर्व सांसद नरेन्द्र बस्नेत, केन्द्रीय सदस्यद्वय क.केशव (सानू यमबहादुर) थापा र सुमित्रा सिंह ठकुरीको असामयिक दु:खद निधनले नेपालको कम्युनिष्ट आन्द‍ोलनमा अपुरणीय क्षति पुुगेको छ , नेपाल कम्युनिष्ट पार्टी उहाँहरुले राष्ट्रिय स्वाधिनता र नेपालको कम्युनिष्ट आन्दोलनमा गरेको य‍‍‍ोगदानको सम्मान गर्दै आफ्नो लक्ष्यमा दृृृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारी लगायतका नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा दिवंगत नेता एकदेव आले लगायतको योगदान र समसामयिक राजनीतिक अवस्थाको बारेमा आ-आफ्न‍ो विचार व्यक्त गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीसँग एकीकरण भएको नयाँ जनवादी मोर्चाका अध्यक्ष डा.शम्भु कट्टेललाई नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको उपाध्यक्ष र नेता डा.भगवानचन्द्र ज्ञवालीलाई सोही पार्टीको सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने र बाँकीलाई पछि जिम्मेवारी तय गर्ने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले अलगपथलाई बताउनुभयो ।

यस अगाडि सह-प्राध्यापक तथा ख्याति प्राप्त खेलाडी डा.मोहन सिंह प्रधान , कार्गो व्यवसायमा सम्बद्ध कम्युनिष्ट बुद्धिजीवी नरोत्तम पाण्डे लगायत नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

Leave a Reply