नेपाली काँग्रेसको भावी सभापतिका लागि नेताहरुको लविङ शुरु

काठमाडौं / आउदो भदौ १६ गतेदेखि १४औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको नेपाली काँग्रेसको भावी सभापतिका लागि नेताहरु बीच अनौपचारिक छलफल शुरु भएको छ । सोो पार्टीका सभापति शेरबहादुर देउवा , बरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति बिमलेन्द्र निधिले भावी सभापतिको लागि उम्मेद्वारी दिने विचार सार्वजनिक गर्नु भएको छ भने अर्का केन्द्रीय कार्य समिति सदस्य शेखर कोइरालाको पनि सभापतिको उम्मेद्वार बन्ने चर्चा छ । त्यसका लागि लविङ शुरु भएको देखिएको छ ।

यता युवा पुस्ताका कतिपय नेता कार्यकर्ताहरु भने अबको काँग्रेसको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनु पर्नेमा जोड दिइरहेका छन् । नेपाली काँग्रेसको भावी सभापति को बन्ने हो त्यो त महाधिवेशनबाट तय होला तर कतिपय राजनीतिक विषयका जानकारहरु भने यो पटक पनि कोइराला खेमाका नेताहरुको सभापति बन्ने उचाई नपुगेकोले कोइराला खेमाकै मद्दतमा बर्तमान सभापति देउवा नै पुन: उक्त पार्टीको सभापति बन्ने आँकलन गरिरहेका छन् ।

Leave a Reply