नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्त लियो

नयाँ सत्ता समीकरण बनेसँगै सरकारबाट बाहिरिएको नेेपाली कांग्रेसले नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोही पार्टीका सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको उक्त पार्टीको कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको बताइएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको बारेमा गरेको टिप्पणीमा सत्यता नभएको र साझा प्रतिबद्धताबाट प्रधानमन्त्री प्रचण्ड भागेको सञ्चारकर्मीलाई बताएका छन् । नेपाली कांग्रेस भित्रको शेेेखर-गगन पक्ष भने नेपाली कांग्रेस सरकारबाट बाहिरिएकोमा खुशी देखिएकन छन् ।

यता केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नेकपा (माके)को तर्फबाट प्रतिनिभित्व गरेका मन्त्री र राज्यमन्त्री पदमुक्त गरेका छन् ।

Leave a Reply