नेपाल कम्युनिष्ट पार्टीको मकवानपुर जिल्ला भेला सम्पन्न

ऋषि कट्टेल नेतृत्वको नेपल कम्युनिष्ट पार्टीको मकवानपुर जिल्ला भेला सोही पार्टीका नेता माननाथ तिमिल्सिनाको अध्यक्षतामा आज हेटौंडामा सम्पन्न भएको बताइएको छ । सो भेलामा उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्टले मन्तव्य व्यक्त गर्दै नेपालको कम्युनिष्ट आन्द‍ोलनमा नेपाल कम्युनिष्ट पार्टीको भूमिका र नेपाली राजनीतिमा बढिरहेको अपराधिकरण बारेमा चर्चा गर्नुभयो । उहाँले एमाले , माओवादी जस्ता कम्युनिष्ट नामधारी दलहरुमा बिचलन आएर तिनीहरु गैर कम्युनिष्ट बाटोतर्फ लागेकाले नेपाल कम्युनिष्ट पार्टीको आवश्यक परेको बताउनुभयो । भेलामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश समिति सचिव विष्णु बराल, केन्द्रीय सदस्य तथा मधेश प्रदेश समितिका प्रचार विभाग प्रमुख अनिल भण्डारी र केन्द्रीय सदस्य तथा पर्सा जिल्ला समिति अध्यक्ष भीम न्यौपानेले सो भेलाको सफलताको कामना गर्दै छरिएर रहेका क्रान्तिकारीहरुलाई नेपाल कम्युनिष्ट पार्टीमा संगठित हुन आग्रह गर्नुभयो ।

त्यस भेलाले माननाथ तिमिल्सिनाको संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी मकवानपुर जिल्ला संयोजन समिति निर्माण गरेको छ । सो समिति सदस्यमा कुलबहादुर सुवेदी , उषादेवी ठकुरी लगायत रहनुभएको छ ।

Leave a Reply