नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक आजबाट शुरु

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक आजबाट काठमाडौंमा शुरु भएको छ । सो बेठकको उक्त पार्टीका अध्यक्ष ऋषि कट्टेलले उद्घाटन गर्नुभयो । उक्त अवसरमा उहाँले मुलुकमा विद्यमान समसामयिक राजनीतिक विषयबस्तु र घटनाक्रमको बारेमा प्रकाश पार्दै समाजमा जारी वर्ग संघर्षमा उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति क्रान्तिकारी कम्युनिष्टहरु बीच एकता आवश्यक रहेको बताउनुभयो । उहाँले त्यस बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ‘कम्युनिष्टहरुले संसदीय निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषय कार्यनीतिक प्रश्नमा मात्रै सिमित नरहेको देश भित्र र बाहिरका राजनीतिक घटनाक्रमले पुष्टी गर्दै गएको छ’, भन्नुभयो ।

भोलिसम्म चल्ने उक्त बैठकमा अध्यक्ष कट्टेलद्वारा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन माथि सदस्यहरुले आ-आफ्नो धारण प्रस्तुत गर्ने क्रम जारी रहेको सोही पार्टीका नेता रत्नप्रसाद जोशीले अलगपथलाई बताउनुभयो ।

Leave a Reply