बडुवा समितिले नेपाल प्रहरीको बरिष्ठ उपरीक्षक, उपरीक्षक र नायव उपरीक्षकका लागि बडुवा सिफारिस गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय बडुवा समिति सचिवालयले प्रकाशित गरेको सूचीमा ११ जना प्रहरी उपरीक्षकलाई प्रहरी बरिष्ठ उपरीक्षकमा, ११ प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा र ९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक पदमा बडुवा सिफारिस गरेको उल्लेख छ ।








