नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को अध्यक्षमा सुरेन्द्र भण्डारी पुन:चयन

पुन: सुरेन्द्र भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को ९औँ,१०औँ र ११औँ संयुक्त वार्षिक साधारण सभा २०८० माघ २६ गते शुक्रबार काठमाडौंमा सम्पन्न भयो । ४ वर्ष कार्यकाल रहने गरि निर्विरोध चयन भएको सो सञ्चालक समितिको उपाध्यक्षमा पुष्पबहादुर पौड्याल , सचिवमा तुलशीप्रसाद सापकोटा र कोषाध्यक्षमा शरदकुमार महर्जन चयन हुुनुभएको छ । यसैगरी उक्त सञ्चालक समिति सदस्यमा खुल्ला तर्फबाट प्रतिभा मुडभरी, तिर्थराम डंगोल, कमला विष्ट, दिलबहादुर महर्जन, भुवनमान शाक्य, लक्ष्मणप्रसाद बिडारी, चन्द्रकृष्ण श्रेष्ठ र बिदुरमान सिंह बस्नेत तथा कोशी प्रदेशबाट गीता पौडेल, मधेश प्रदेशबाट शम्भुलाल श्रेष्ठ, बागमती प्रदेशबाट नरेन्द्र विष्ट, गण्डकी प्रदेशबाट विपिन मल्ल, लुम्बिनी प्रदेशबाट भुपेन्द्रप्रसाद अधिकारी, कर्णाली प्रदेशबाट चन्द्रप्रसाद थानी र सुदूरपश्चिम प्रदेशबाट सुरेन्द्रकुमार शाह चयन हुनुभएको छ । यस्तैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा भोलाप्रसाद शर्मा खरेल तथा सदस्यमा राममणि तिमिल्सिना र न्यूछेमाया महर्जन सर्वसम्मत चयन हुनुभएको छ ।

सोही संघका सदस्य रहेका ४०५ वटा बहुउद्देश्यीय सहकारी संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएको सो साधारण सभाको उद्घाटन गर्दै नेपाल बहुउद्देश्यीय सहकारी संंघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारीमा समस्या आउनुको जड सरकार भएको बताउनुभयो ।

साभारण सभाबाट सो संघका तीन वटै आर्थिक वर्षको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रतिनिधिहरु बीच छलफल भई पारित गरियो ।

उक्त अवसरमा त्यसै संघका सदस्यद्वय मनोज थापा मगर र पार्वती थापाले यो संघले प्रभावकारी कार्यक्रम सञ्चालन गरि समस्या समाधान गर्नु पर्ने खाँचो औँल्यानुभयो । साधारण सभामा सहभागी प्रतिनिधिहरु स्पष्ट कानुनी अभाव तथा बैंक , अन्य वित्तीय संस्था र सहकारी बीचको अस्वस्थ प्रतिस्पर्धाले वित्तीय कारोबारमा समस्या आएको भन्दै यो समस्या समाधान हुनु पर्नेमा जोड दिए ।

Leave a Reply