नेपाल सरकारबाट नेपाल हस्तकलन महासंघका अध्यक्ष रविन्द्र शाक्य सहितका उद्यमी व्ववसायीहरु महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मानबाट सम्मानित हुनुभएको छ । २०८२ श्रावण १ गते नेपाल हस्तकला महासंघका महानिर्देशक उत्तमप्रसाद देवकोटाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । उक्त प्रेस विज्ञप्थिमा अगाडि भनिएको छ-“निजी क्षेत्र र ब्यापार ब्यवसायमा सम्लग्न उद्यमी ब्यवसायीहरुलाई प्रोत्साहित गर्ने नेपाल सरकारको नीति अनुरुप नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सह-आयोजनामा भएको व्यवसायिक व्यक्ति सम्मान तथा सुशोभन कार्यक्रममा प्रतिनिधिमूलक व्यवसायिक महासंघ तर्फबाट हस्तकला उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघका अध्यक्ष श्री रविन्द्र शाक्य मानार्थ (CIP) सम्मानबाट सुशोभित हुनुभएको छ । २०८२ असार ३२ गते बुधबार नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीले एक भब्य समारोहका बीच उहाँलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मानबाट सुशोभित गर्नुभएको हो ।
त्यसैगरी नेपाल हस्तकला महासंघका सदस्यहरूमध्ये व्यवसायिका प्रतिनिधिमूलक वस्तुगत संघको तर्फबाट नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष श्री नरेशलाल श्रेष्ठ, हस्तकला वस्तुको निर्यातबाट सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने निर्यातकर्ताहरूमध्येबाट गिफ्ट ल्याण्ड इण्टरप्राइजेज प्रा.लि.का सञ्चालक श्री पदमरत्न धाख्वा, तेस्रो मुलुकमा सबैभन्दा बढी फेल्टजन्य हस्तकला वस्तु निर्यातकर्ताको तर्फबाट नेशनल एक्सपोट्र्स प्रा.लि.का सञ्चालक श्री चन्द्रबहादुर थापा, तेस्रो मुलुक तर्फ एक अरब भन्दा बढी रकमको निर्यातकर्ता एभरेष्ट फेशनका प्रमुख कार्यकारी अधिकृत श्री महेश्वर श्रेष्ठ, चीन तर्फको निकासीमा तेस्रो स्थान हासिल गर्ने श्री अष्टमंङलका प्रोप्राइटर उर्गेन लामा, त्यसैगरी स्टार्टअप उद्यमी व्यवसायीको तर्फबाट माइण्डफुल क्राफ्ट प्रा.लि का प्रबन्ध निर्देशक श्री कुवेर सापकोटा महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मानबाट सुशोभित हुनुभएको छ ।
उहाँहरु सबैमा नेपाल हस्तकला महासंघको तर्फबाट हार्दिक बधाई सहित थप व्यवसायिक सफलताको लागि शुभकामना ब्यक्त गर्दछौँ । साथै यो सम्मान प्राप्त गर्न प्रत्यक्ष तथा परोक्ष रुपबाट सहयोग गर्नुहुने माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारी, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणा लगायत महासंघका सल्लाहकारज्यूहरु, कार्यसमिति सदस्य, उद्यमी व्यवसायी तथा कलाकारहरु, सचिवालय लगायत सम्बद्ध सबै प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछौँ ।”







