नेपाल सरकारले ७ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने

नेपाल सरकारले ७ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले गरेका निर्णय मंगलबार सञ्चारकर्मीलाई जानकारी गर्दै ‘नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले जगरनाथपुर गाउँपालिका-५ ,पर्सा , महागढीमाई नगरपालिका- ५ ,बारा, शीतगंगा गाउँपालिका- १३, अर्घाखाँची, रम्भा गाउँपालिका -३ ,पाल्पा , राप्तीसोनारी गाउँपालिका- ४, बाँके, नरहरिनाथ गाउँपालिका -२ कालिकोट र रास्कोट नगरपालिका -६ ,कालिकोट गरि ७ स्थानमा औद्योगिक ग्राम घ‍ोषणा गर्ने निर्णय गरको छ’, भन्नुभयो । नेपाल सरकार , मन्त्रीपरिषदकोउक्त बैठकले राष्ट्रिय अनुसन्धान विभागका सह-अनुसन्धान निर्देशक माधव तिमिल्सिना र इन्द्रसिंह लामालाई अनुसन्धान निर्देशकमा बडुवा गरि तिमिल्सिनालाई कर्णाली प्रदेश र लामालाई सुदूरपश्चिमा प्रदेश पदस्थापन गर्ने निर्णय गरेको मन्त्री शर्माको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *