नेेपाल सरकार र किगत २९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनरत शिक्षकहरु वीच आज साझ सहमती भएको छ । यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरि शिक्षकहरु विद्यालय फर्कन सहमत भएका छन् तर आउदो असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन संघीय संसदबाट पारित नभए फेरि कडा आन्दोलन गर्ने शिक्षकहरुले चेतावनी दिएका छन् ।
नेपाल शिक्षक महासंघका प्रतिनिधिले बार्तामा राखेका ९ बुँदे प्रस्तावमा मन्त्रीपरिषद सहमत भएपछि उक्त सहमती भएको बताइएको छ ।

विद्यालय शिक्षा ऐन जतिसक्तो छिटो प्रतिनिधि सभाबाट पारित गर्न नेपाली कांग्रेसका प्रमुख सचेत श्याम घिमिरे, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला र संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभनपति अमरबहादुर थापा सहमत भएका थिए ।






