नेपाल हस्तकला महासंघद्वारा सीआईपी (CIP) सम्मान प्राप्त गरेका उद्योगी व्यवसायीलाई बधाई ज्ञापन

नेपाल हस्तकला महासंघले महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP) सम्मानबाट सुशोभित प्रतिनिधिमूलक छाता महासंघका अध्यक्षहरु, बस्तुगत संघका अध्यक्षहरू र उद्योगी व्यवसायीहरूलाई बधाई ज्ञापन गरेको छ ।

२०८२ श्रावण ९ गते काठमाडौँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता र नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यको अध्यक्षतामा सम्मान तथा बधाई कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । सो अवसरमा विगत लामो अवधिपछि छाता महासंघ वस्तुगत संघका अध्यक्ष र प्रतिनिधिहरू तथा उद्योगी व्यवसायीहरूलाई मन्त्री भण्डारीबाट बधाई पत्र प्रदान गरिएको थियो । त्यसैगरी सो कार्यक्रममा उद्योगी व्यवसायीहरूलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP) सम्मानबाट विभूषित गरेकोमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणालाई महासंघका अध्यक्ष रविन्द्र शाक्यबाट कृतज्ञता-पत्र प्रदान गरिएको थियो । त्यसैगरी महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मानको सन्दर्भमा नेपाल सरकार र निजी क्षेत्रको बीचमा समन्वयकारी भूमिकाको लागि नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेलाई पनि कृतज्ञता पत्र प्रदान गरिएको थियो ।
सो बधाई ज्ञापन कार्यक्रममा हस्तकला क्षेत्रको वर्तमान अवस्था, अवसर र चुनौतीका विषयमा नेपाल हस्तकला महासंघका महानिर्देशक उत्तमप्रसाद देवकोटाबाट प्रस्तुतिकरण पनि गरिएको थियो ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट निजी क्षेत्र र उद्योग, व्यापार व्यवसायमा सम्लग्न उद्यमी व्यवसायीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यबाट उद्योगी व्यवसायीहरूका प्रतिनिधिमूलक छाता महासंघका अध्यक्षहरु र वस्तुगत संघका अध्यक्षहरूलाई २०८२ असार ३२ गते महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP) सम्मानबाट सुशोभित गरिएको थिय‍ो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *