नेफ्स्कूनद्वारा बिभिन्न विधामा पुरस्कार प्रदान

देशभरका बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेफस्कूनले बिभिन्न बिधामा छनौट भएका सहकारी संघ/संस्था तथा व्यक्तिलाई पुरस्कृत गरेको छ । यही पुस ८ गते शुक्रबार सम्पन्न नेफस्कूनको ३१औं वार्षिक साधारण सभाको अवसरमा एसियाली स्तरको स्तरीकरण कार्यक्रम एक्सेस ब्राण्ड प्राप्त गरेक काभ्रेपलाञ्चोकको बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.लाई पुरस्कार प्रदान गरी सम्मानित गरियो । यसैगरी सो साधारण सभामा राष्ट्रिय स्तरको स्तरीकरण कार्यक्रम प्रोबेशनमा उत्तीर्ण भएका लेटाङ बचत तथा ऋण सहकारी संस्था लि.- मोरङ , नव विकास बचत तथा ऋण सहकारी संस्था लि.- रौतहट , ठेचो महिला बचत तथा ऋण सहकारी संस्था लि- ललितपुर , लोककल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.-चितवन , जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.-कास्की , जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.-रुपन्देही , लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.- गुल्मी र ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.- सल्यानलाई पुरस्कार सहित सम्मान गरियो ।

यस्तै त्यस साधारण सभामा नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाहरूमा १ नं. प्रदेशबाट लेटाङ बचत तथा ऋण सहकारी संस्था लि.,लेटाङ -मोरङ, मधेस प्रदेशबाट संकल्प बचत तथा ऋण सहकारी संस्था लि.,चन्द्रनिगाहपुर-रौतहट, बागमती प्रदेशबाट चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा-काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशबाट सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लि.- गोरखा, लुम्बिनी प्रदेशबाट अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लि.-पाल्पा, कर्णाली प्रदेशबाट समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लि. -सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.- कैलाली तथा उत्कृष्ठ जिल्ला बचत तथा ऋण सहकारी संघ तर्फ जिल्ला बचत तथा ऋण सहकारी संघ लि., सर्लाहीलाई पुरस्कार प्रदान गरी सम्मान गरियो । यस्तै नेफ्स्कून सर्वोत्कृष्ट महिलाद्वारा सञ्चालित बचत तथा ऋण सहकारी संस्था लि. पुरस्कार बछ्यौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था लि. -चितवन र नेफ्स्कून सर्वोत्कृष्ट मिश्रित तर्फको बचत तथा ऋण सहकारी संस्था लि.पुरस्कार ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि., बर्दघाट सुस्ता पश्चिम नवलपरासीलाई प्रदान गरी सम्मान गरियो ।

उक्त साधारणसभामा महिलातर्फको संस्थापक अध्यक्ष पुरस्कार नारी सेवा बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुरकी अध्यक्ष सहना पसखल र पुरुषतर्फको संस्थापक अध्यक्ष पुरस्कार इन्द्रग्राम पुनर्मिलन बचत तथा ऋण सहकारी संस्था लि.,चितवनका अध्यक्ष तथा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का भूतपूर्व अध्यक्ष धनप्रसाद श्रेष्ठ तथा नेफ्स्कून उत्कृष्ट व्यवस्थापकमा बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि., काभ्रेपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत खिलबहादुर स्याङ्तान लामा (के.बी. लामा)लाई पुरस्कृत गरी सम्मानित गरियो ।

त्यसैगरी प्रदेशगत आधारमा उत्कृष्ट व्यवस्थापक पुरस्कार १ नं.प्रदेशबाट दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्था लि.- मोरङका सोमनाथ अर्याल, मधेस प्रदेशबाट स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. -सर्लाहीका विनोदकुमार थापा, बागमती प्रदेशबाट सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. -भक्तपुरका कविन्द्र धौबञ्जार , गण्डकी प्रदेशबाट मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.- बर्दघाट सुस्ता पूर्व नवलपरासीका नरभुपाल भुसाल, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि. – बर्दियाका हरिहर पौडेल, कर्णाली प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.- सुर्खेतका खुमलाल न्यौपाने र सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. -कैलालीका छविलाल जैशीलाई प्रदान गरी सम्मानित गरियो भने नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान पुरुषतर्फ नेफ्स्कूनका भूतपूर्व सञ्चालक महेन्द्रप्रसाद ढकाल- सिन्धुली र महिलात्फ नेफ्स्कूनकी भूतपूर्व लेखा सुपरिवेक्षण समिति सदस्य सीता भट्टराई–इलामलाई प्रदान गरियो ।   

त्यो साधारण सभा नेफ्स्कूनको उत्कृष्ट कर्मचारीतर्फ वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र वरिष्ठ सहायक छत्रप्रसाद जैशीलाई पुरस्कृत गरी सम्मानित गरिएको छ भने नेफ्स्कूनको उत्कृष्ट फिल्ड कार्यालय तर्फको पुरस्कार नेफ्स्कून पोखरा फिल्ड कार्यालयलाई प्रदान गरियो । 

यस्तैगरी नेफ्स्कून प्रशंसा पुरस्कार उत्कृष्ट नेकोस प्लस सफ्टवयर प्रयोगकर्तामा शुभ बचत तथा ऋण सहकारी संस्था लि.-सुर्खेत , उत्कृष्ट बचतकर्तामा आस्था बचत तथा ऋण सहकारी संस्था लि. ,जनकपुरधाम-धनुषा , उत्कृष्ट शेयर खरीदकर्तामा जय गणेश बचत तथा ऋण सहकारी संस्था लि., पोखरा-कास्की र उत्कृष्ट लघुवित्तमा जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि., बेशीशहर -लमजुङ र साकोस एकीकरण अभियानमा उत्कृष्ट हुने हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.- बर्दियालाई प्रदान गरी सम्मानित गरियो ।

त्यसैगरी उक्त साधारण सभामा राष्ट्रव्यापी साकोस गान प्रतियोगिता–२०७८ मा प्रथम हुन सफल सहकारी अभियान उन्नतिको आधार हो बोलको साकोस गानका सर्जक प्रकाश भुर्तेल , द्वितीय हुन सफलपरिश्रमको फल, पसिनाको मोल” बोलको साकोस गानका सर्जक लक्ष्मीनारायण दुवाल र तृतीय हुन सफल “रङ्गीचङ्गी फूलहरुको सुन्दर उद्यान हो” बोलको साकोस गानका सर्जक तुल्सीहरि प्रजापतीलाई क्रमश: रु.२५ हजार , रु.२० हजार र रु १५ हजार पुरस्कार प्रदान गरी सम्मान गरियो ।

सीटीईभीटीबाट सम्बन्धन प्राप्त सहकारी व्यवस्थापन कोर्ष तेस्रो व्याचका ७ जना र दोस्रो व्याजका २ जना गरी ९ विद्यार्थीलाई त्यस साधारणसभामा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठद्वारा दीक्षित गरियो ।

 

नेफस्कूनको ३१औं वार्षिक साधारण सभबाट संकल्प प्रस्ताव पारित

नेफस्कूनको ३१औं वार्षिक साधारण सभाले संकल्प प्रस्ताव पारित गरेको जनाइएको छ । नेफस्कून अनलाइन पत्रिका नेफ्स्कून नेपालमा प्रकाशित संकल्प प्रस्ताव यस प्रकार छ ।

संघको ३१औं वार्षिक साधारण सभामा सहभागी हामी प्रतिनिधिहरु नेपालका बचत तथा ऋण सहकारीहरुको सामूहिक हित प्रवर्द्धनका लागि तपशिलका बिषयहरुमा संयुक्त रुपमा कार्य गर्ने प्रतिबद्धता सहित यी संकल्प प्रस्तावहरु पारित गर्दछौं । 

वित्तीय कारोबार गर्ने सहकारीहरुको दर्ता, अनुगमन तथा नियमन गर्ने छुट्टै कानुनी व्यवस्थाको अभावमा सहकारीहरुको संख्यात्मक बृद्धिसँगै बढ्दो जोखिम व्यवस्थापन गर्न कानुनी संरचना आवश्यक भएकोले सञ्चालकहरुको योग्यता, अनिवार्य एकीकरण, कार्यक्षेत्र निर्धारण, स्थिरीकरण कोषको चुस्त संरचना, स्वचालित ब्याजदर निर्धारण प्रणाली, स्वनियमन, वित्तीय सुशासन र सञ्जाल व्यस्थापन लगायतका विषयहरु समेटिएको वित्तीय सहकारी (साकोस) ऐन जारी गराउन संघको अगुवाईमा अभियानको ऐक्यबद्धता सहित दर्भिलो वहस तथा पैरवी गर्नेेछौं ।

  • ३५औं स्थापना दिवसमा लोकापर्ण भएको “सहकारी अभियान उन्नतीको आधार हो” भन्ने बोलको साकोस गान संघले तोकेको कार्यबिधि भित्र रही सदस्य संघसंस्थाहरुले सबै औपचारिक कार्यक्रमहरुमा गाउने गरी अपनत्व ग्रहण गर्दछौं ।
  • संघले विकास गरेको एक्सेस, प्रोवेसन, कर्ब्स तथा सार जस्ता स्तरीकरणका कार्यक्रमहरुमा सहभागीता मार्फत बचत तथा ऋण सहकारीहरुको सुरक्षित र गुणस्तरीयता हासिल गर्न निरन्तर क्रियाशिल हुने प्रतिबद्धता ब्यक्त गर्दछौं ।
  • सबै बचत तथा ऋण सहकारीहरु बचत तथा ऋण सहकारीसम्बन्धी स्थिरीकरण कोषमा आबद्ध हुने र निरन्तर योगदान गर्ने संकल्प गर्दछौं ।
  • साकोस एकरुपता प्रणालीका नीतिगत सर्वोच्चता र साझा प्रविधिको मुल अन्तरभाव समेटिएको यस वर्षको साकोस अभियानको आदर्श वाक्य (थिम) “एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” लाई अभियानको संकल्पको रुपमा स्वीकार गरी सबै संघसंस्थाहरुले आफ्ना ब्यानर लगायत प्रकाशनजन्य सामाग्रीहरुमा समावेश गरी सदस्य स्तरमा यसको सन्देश सम्प्रेषण गर्ने संकल्प गर्दछौं ।
  • बजारमा तरलताको माग र आपुर्ति एवम् संस्थागत क्षमतामा आधारित भई बचत तथा ऋणमा कायम हुने ब्याजदर स्वचालित रुपमा निर्धारण हुने प्रणाली स्थापित गर्न निरन्तर पैरवी गर्ने संकल्प गर्दछौं ।

Leave a Reply