ने.क्रा.यु. संघको घघऔँ स्थापना दिवसमा भक्तपुरमा खुल्ला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

नेपाल क्रान्तिकारी युवा संघको घघऔँ स्थापना दिवसको सुखद अवसरमा भक्तपुरमा यही असोज १९ र २० गते तेश्रो खुल्ला राष्ट्रव्यापी रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता-२०८० हुने भएको छ ।
नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर जिल्ला खेलकुद विभागको आयोजना तथा भक्तपुर चेस क्लवको सह-आयोजनामा भक्तपुर भेलुखेलस्थित आदर्श आजाद माध्यामिक विद्यालयको सभाहलमा हुने यो प्रतियोगितामा बर्तमान नेपाल च्याम्पियन तथा पूर्व राष्टिय च्याम्पियनहरु सहित १०० जना भन्दा बढी खेलाडीहरुको सहभागिता रहने बताइएको छ नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर जिल्ला खेलकुद विभागका संयोजक तथा प्रतियोगिताका चिफ आर्विटर फिडे राजकुमार लघुका अनसार यो प्रतियोगिता अन्तराष्ट्रिय बुद्धिचाल महासंघबाट मान्यता प्राप्त रहेको छ भने यो प्रतियोगिताका विजेताकन लागि रु.५०,००० नगद पुरस्कारका साथै आकर्षक ट्रफी तथा मेडलको बन्द‍बस्त गरिएक‍ो छ । प्रतियोगिता स्वीग लिग प्रणाली अनुसार ९ चरणमा खेलाइने भएको छ । प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न प्रतियोगिता आयोजक समितिका संयोजक राजकुमार लघुको संयोजकत्वमा निर्णायक समिति, राष्ट्रिय कराँते खेलाडी रामशरण त्वातीको संयोजकत्वमा प्रचार प्रसार समिति, राष्ट्रिय बुद्धिचाल खेलाडी एण्डिज ग्वाछाको संयोजकत्वमा आर्थिक समिति, भक्तपुर चे क्लवका सचिव इन्द्रभक्त पंचको संयोजकत्वमा पुरस्कार व्यवस्थापन समिति र रत्ना चवालको संयोजकत्वमा खेल स्थल तथा आवास व्यवस्थापन समिति गठन गरिएको छ । प्रतियोगितालाई नेपाल बुद्धिचाल सघं र भक्तपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोग रहने जनाइएको छ ।

यो प्रतियोगिता ब्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न विभिन्न संघ/ संस्था / ब्यवसायी तथा खेलप्रेमी महानुभावहरुलाई नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला खेलकुद विभाग तथा भक्तपुर चेस क्लवले हार्दिक अनुरोध गरेका छन् ।

Leave a Reply