पक्राउ परेका नेकपा (माके)का उपाध्यक्ष महरा सीआईबी कार्यालयमा

सुन तस्करी काण्डमा जोडिएको आरोपमा आज विहान प्रहरीले नेकपा (माके)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरि यति एयरलाइन्सको जहाजमा भैरहवाबाट काठमाडौंमा ल्याई सीआईबी कार्यालयमा पु-याएको छ । प्रतिनिधि सभाका पूर्व सभामुख महरा बिगतमा उप-प्रधानमन्त्री बन्नुभएको थियो । पटक पटक सांसद बनेका महराले बिगतमा अर्थ, सञ्चार , गृह जस्ता मन्त्रालय सम्हाल्नुभएको थियो ।

प्रहरी केन्द्रीय अनुसन्धान विभाग (CIB) मा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्यमलाल ज्ञवाली सरुवा भएर आएसँगै सुन काण्डमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई प्रहरीले यस अघि नै पक्राउ गरेको थियो भने पूर्व उप-प्रधानमन्त्री महरालाई प्रहरीले आज पक्राउ गरेको बताइएको छ ।

यता सुन तस्करीको आरोपमा पक्राउ परेका दिपेश पुुुनमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उनलाई ८ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमती पाएको छ ।

Leave a Reply