जेनजी प्रतिनिधिहरुको निकै ठूलो रस्साकस्सीपछि अन्तत: शुक्रबार साझ पूर्व प्रधानन्यायधीश सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधान,२०७२ को धारा ६१ बमोजिम नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभयो । लगत्तै साझ ९:५० बजेतिर राष्ट्रपति कार्यालय शीतलनिवास- महाराजगञ्जमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको पद तथा गोपनीयताको ग्रहण गराउनुभयो । नेपालको न्यायिक ईतिहासमा प्रधानन्यायधीश कन्ने पहिलो महिलो कार्की नेपालको ईतिहासमा नै प्रधानमन्त्री बन्ने पहिलो महिला बन्नुभएको छ ।
शुक्रबार साझ नै प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा भंग गरि आगामी फाल्गुण २१ गते प्रतिनिभि सभाको निर्वाचन घोषणा गर्नुभयो ।

प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई , दलहरुको असन्तुष्टी
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई संयुक्त रााष्ट्रट्रघले बधाई गरेको छ । यसैगरी भारतीय प्रभानमन्त्री नरेन्द्र मोदी लगनयतले पनि उहाँ बधाई दिनुभएको छ तर मुलुकका ठूला राजनीतिक दलहरुले गलत प्रक्रियाबाट सुशिला कार्कीलाई प्रधानमन्त्री बनाएको भन्दै असन्तुषटी व्यक्त गरेका छ।





