पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.ले डी.ए.पी. मल विक्री गर्दै

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिका-४, थानाबजारमा मुख्य कार्यालय रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्य रहेका किसानलाई डी.ए.पी. मल विक्री गर्ने जनाएको छ । सिमित मात्रामा डी.ए.पी. मल आइपुगेकोले कार्यालय समय भित्र उक्त संस्थाको मुख्य कार्यालय र सेवाकेन्द्रबाट अति आवश्यक भएका किसानलाई प्रति किसान परिवार १० के.जी. मल उपलब्ध गराउन सकिने सो संस्थाले मंगलबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ‌।

आफ्नो उद्देश्य अनुरुप कार्य गरिरहेको यो संस्था स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको छ । शेयर सदस्यहरुको साथ र सहयोगले यस संस्थाले निरन्तर प्रगति हासिल गरिरहेको सोही संस्थाका सूचकबाट देखिएको छ ।

Leave a Reply