पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा विचार गोष्ठी सम्पन्न

पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा २०८१ मंसिर ८ गते शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित बाल्मीकि विद्यापीठमा ‘नेपाली कम्युनिष्ट आन्द‍ोलनको पुनर्गठनर कमरेड पुष्पलाल’ विषयक विचार गोष्ठी सम्पन्न भयो । पुष्पलाल विचार प्रबर्धन केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ‘कमरेड पुष्पलालको विचारको जगमा टेकेर मात्रै नेपालको कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्नुपर्छ, त्यसबाट दायाबायाँ गर्नु हुदैन’, भन्नुभयो । पुष्पलाल विचार प्रबर्धन केन्द्रको आवश्यकता र औचित्यको बारेमा प्रकाश पार्दै अध्यक्ष कट्टेलले आज पनि देशबाट सामन्तबाद पूर्ण रुपमा समाप्त भइनसकेको बताउनुभयो। पूँजीवादउन्मुख अर्थतन्त्र भनेर लेखेको भए अहिलेको संविधान कार्यान्वयन हुन सक्थ्यो होला तर समाजवादउन्मुख अर्थतन्त्र भनेर लेखेकै कारण यो संविधान कार्यान्वयनमा यिनलाई समस्या परेको छ भन्दै उहाँले जन-संस्कृति निर्माणमा लाग्नु पर्नेमा जोड दिनुभयो । गोष्ठीमा आधारपत्र प्रस्तुत गर्दै पुष्पलाल विचार प्रबर्धन केन्द्रका अध्यक्ष ढुंगानाले कमरेड पुष्पलालका विचारलाई प्रवर्धन गर्न पुष्पलाल विचार प्रबर्धन केन्द्र स्थनपना भएको बताउनुभयो । स‍ो आधारपत्रमाथि टिप्पणी गर्दै डा.ग‍ोपीरमण उपाध्याय , डा.केशव खड्का, डा.खेम कोइराला र राजनीतिक विश्लेषक झलक सुबेदीले नेपालको कम्युनिष्ट आन्द‍लनको पुनर्गठन हुनुपर्नेमा जोड दिनुभयो । पुष्पलाल विचार प्रबर्धन केन्द्रका उपाधयक्ष डा.भगवानचन्द्र ज्ञवालीले धन्यबाद ज्ञापन, सदस्य रामबहादुर भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएक‍‍ो उक्त गोष्ठीमा नेकपा मार्क्सवादी ( १५ सेप्टेम्बर १९४९)का महासचिव योगेन्द्र पराजुली, वामपन्थी चिन्तकहरु कौशल अधिकारी, भक्ति लामिछाने लगायतले पुष्पलालको विचार प्रबर्धनमा ज‍ोड दिनुभयो । पुष्पलाल विचार प्रबर्धन केन्द्रका सदस्य कृष्णहरि भट्टले सञ्चालन गर्नुभएको गोष्ठीमा मार्क्सवादी चिन्तक गंगादेवी कसजू लगायतको सहभागिता रहेको थियो ।

गोष्ठीमा प्रस्तुत आधारपत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *