पूर्वी तराईमा नाइरोबी फ्लाई किराको आतंक

विराटनगर/ पूर्वी तराईमा नाइरोबी फ्लाई नामक किराको आतंक बढेको छ । सो किराको मार धेरै मानिसले भोगिरहेका छन् । अकस्मात बिरामी छोरी सन्ध्याको उपचारका लागि दमकबाट विराटनगरको नोबेल अस्पताल गएका नेपाल प्रहरीका पूर्व प्रहरी हवल्दार देवेन्द्र कार्की पनि सो किराको मारमा पर्नु भएको छ । ‘यही असार २२ गते साझ नोबेल अस्पताल विराटनगर परिसर छेउको चौरीमा बसिरहेको बेला एक्कासि एउटा किरा अनुहारमा आएर बस्यो । तत्कालै मैले हातले टिपेर सो किरालाई फालें । त्यसको केही समयपछि अनुहार भत्भती पोल्न थाल्यो । तत्कालै म डाक्टरकहाँ गएँ । डाक्टरले मेरो अनुहार जाँचेपछि यो किरा नाइरोबी फ्लाई हो । यो किरा मानिसको शरीरमा जहाँ बस्छ , त्यहाँ त्यसले एसिड छाड्छ । त्मसैले यो किराबाट सुरक्षित रहनुपर्छ । धन्न यो किरा आँखामा बसेनछ । आँखामा यो किरा बसेको भए आँखा फुट्ने सम्भावना हुन्थ्यो भने । डाक्टरले यो मल्हल लाउनु , मल्हमले ठीक हुन्छ भनेर मल्हमको नाम लेखेर दिए । अहिले म त्यो मल्हम लाउदै छु । यतिबेला त्यो किरो बसेको ठाउँको छाला उक्किने र पानी बग्ने भइरहेको छ’, पूर्व प्रहरी हवल्दार कार्कीले

अलगपथलाई बताउनुभयो ।

दिउसो खासै नदेखिने सो किरा साझ परेपछि भने यताउता उढ्ने र बत्तीको उज्यालोमा मानिसको शरीरमा आएर बस्ने भएकोले यसबाट सुरक्षित रहन साझ पर्नासाथ घरको झ्याल ढोका बन्द गरी झुल भित्र बस्न विज्ञहरुले सुझाएका छन् । ।

Leave a Reply