पेट्रोलियम पदार्थको मुय बृद्धि बिरुद्ध संघर्षमा विद्यार्थी र मजदुर संगठन

काठमाडौं/ सरकारले १ हप्ता भित्र दोस्रो पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । यसै क्रममा सरकार , सदन र सडकमा रहेका विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरु पेट्रोलियम पदार्थको मुल्य बृद्धिको निर्णय खारेज गर्न माग गर्दै संयुक्त र एकल संघर्ष गरिरहेका छन् ।

यता विभिन्न मजदुर संगठनहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोध गर्दै सो मुल्य बृद्धि फिर्ता लिई जनजीवन सहज बनाउन सरकारसँग माग गरेका छन् ।

यो ११ महिनाको बीचमा पटक- पटक गरी पेट्रोल , डिजेल र मट्टितेलमा ७२ रुपैयासम्म मुल्य बढेको जानकारहरु बताउछन् । यो मुल्य बृद्धि फिर्ता लिन चौतर्फी दवाव बढिरहेको भएपनि सरकार र नेपाल आयल निगम भने यसबेला सम्म सुनेको नसुने झैं गरिरहेका छन् ।

Leave a Reply