प्रचण्डले नेपालको जलश्र‍ोतको स्वामित्व भारतलाई सुम्पने काम गरे : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रचण्डले विद्युत व्यापारको नाममा नेपालको जलश्र‍ोतको स्वामित्व भारतलाई सुम्पेर आएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औँ स्मृति दिवसको अवसरमा स‍ो पार्टीको आयोजनामा आज ललितपुरको भैंसेपाटीमा सम्पन्न स्मृति सभामा मन्तव्य व्यक्त गर्दै उहाँले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई विसर्जनवादको दलदलबाट मुक्त गरि नयाँ शिराबाट पुनर्गठन गर्न सक्ता मात्रै क. पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गर्नुभयो ।

सोही पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षता र सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष एके कार्कीले सञ्चालन गर्नुभएको त्यस सभामा उक्त पार्टीका सचिवालय सदस्यहरु राजेश बान्तवा र राजकुमार थापाले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको य‍ोगदान र उहाँको बहुआयमिक व्यक्तित्व बारे प्रकाश पार्नुभयो । उक्त पार्टीका केन्द्रीय समिति सदस्य तथा पिपुल्स फोर्स नेपालका सह-संय‍ोजक जीवन्द्र निलगगनले स्वागत मन्तव्य र पिपुल्स फोर्स नेपालका बागमती प्रदेश समितिका सह-संयोजक प्रेम तमाङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त सचामा त्यसै पार्टीकी केन्द्रीय समिति सदस्य रचना शर्मा प्रतिक्षाले तुक्का कविता वाचन गर्नु भएक‍ो थियो ।

उक्त पार्टीको केन्द्रीय कार्यालय, कपन, काठमाडौंमा भोलि दिउसो ४५औँ स्मृति दिवसको अवसरमा प्रवचन सहित पुष्पलनलप्रति श्रद्धाञ्जली कार्यक्रम आय‍ोजना गरेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply