प्रतिनिधि सभाको ८० स्थानको मत परिणाम घोषणा हुदा ४ महिला उम्मेद्वार मात्र विजयी

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ मध्ये यसबेलासम्म ८० स्थानको मत परिणाम घोषणा भएको छ । यसमध्ये ३ वटा राजनीतिक दलका ४ जना महिला उम्मेद्वार मात्रै जित्न सफल हुनुभएको छ । जसमा नेकपा (एमाले)की विद्या भट्टराई कास्की क्षेत्र नं.२ , नेकपा (माके)की रेखा शर्मा दाङ क्षेत्र नं.२ तथा राष्ट्रिय स्वतन्त्र पार्टी डा. तोसिमाज्ञकार्की ललितपुर क्षेत्र नं.३ र सोबिता गौतम काठमाडौंको क्षेत्र नं.२ बाट विजयी हुनुभएको हो ।

प्रतिनिधि सभाको मतगणना जारी रहेको कैलाली क्षेत्र नं.१ की नागिरक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ आफ्ना निकटतम प्रतिद्वन्दी भन्दा निकै भारी मतान्तरले अगाडि हुनुहुन्छ भने नेपाली कांग्रेसकी सीता गुरुङले तेह्रथुममा , नेकपा (एमाले)की भगवती चौधरीले सुनसरी क्षेत्र नं.३ , जूलीकुमारी महतोले धनुषा क्षेत्र नं.३ र ज्वालाकुमारी साहले बारा क्षेत्र नं.३ र राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले सुनसरी क्षेत्र नं.१ यसबेलासम्म अग्रता कायम गरी आफ्ना चुनावी प्रतिस्पर्धीहरुलाई पछाडि पार्नु भएको छ ।

नेकपा (एमाले)की सचिव पद्मा अर्यालको उम्मेद्वारी रहेको स्याङ्जा क्षेत्र नं.२ मा मतगणना शुरु हुन सकेको छैन । त्यसैले अर्यालले चुनावमा जीत या हार के हुने हो , त्यो मतगणना नहुदासम्म यसै हुन्छ भनेर भन्न सकिने आवस्था छैन ।

Leave a Reply