प्रतिनिधि सभामा उमेरमा जेष्ठ सदस्य पशुपति र कनिष्ठ सदस्य निषा

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम नतिजा निर्वाचन आयोगले बिहीबार घोषणा गरेको छ । नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरु मध्ये समानुपातिक तर्फबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरा उमेरमा सबैभन्दा जबरा जेष्ठ र समानुपातिक तर्फबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी निषा डाँगी उमेरले सबैभन्दा कनिष्ठ सदस्य हुनुहुन्छ । काठमाडौंका जबराको उमेर ८१ वर्ष पुगेको र झापाकी डाँगीको उमेर २५ वर्ष पुगेको निर्वाचन आयोगले जनाएको छ ।

सांसदले जबराले सभामुखको चयन नहुदासम्म जेष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नु हुने छ ।

Leave a Reply