प्रतिनिधि सभामुखमा नेकपा (एमाले)का देवराज गिरी विजयी

प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा (एमाले)का सांसद देवराज घिमिरे विजयी हुनुभयो । उहाँको पक्षमा १६७ र विपक्षमा १०० जना सांसदले मतदान गरेको प्रतिनिधि सभाको बैठकको अध्यक्ष गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले घोषणा गर्नुभयो ।

सभामुख पदकी नेपाली कांग्रेसकी उम्मेद्वार ईश्वरीदेवी न्यौपाने १०० मत पाउनुभएको बताइएको छ तर बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य जबराले सभामुखमा सांसद घिमिरे निर्वाचित भएकोले सभामुख पदकी उम्मेद्वार ईश्वरीदेवी न्यौपानेलाई प्रस्ताव निर्णायर्थ प्रस्तुत गर्नुभएन ।

आजको मतदानमा नेमकिपाका प्रेम सुवाल तटस्थ बस्नुभयो । घिमिरेको पक्षमा नेकपा (एमाले), नेकपा (माके), रास्वपा , राप्रपा , जसपा , जनमत पार्टी , लोसपा र नाउपाका गरी १६७ जना सांसदले मतदान गरे भने नेपाली कांग्रेसकी न्यौपानेको पक्षमा नेपाली कांग्रेस , नेकपा (एस) र राष्ट्रिय जनमोर्चाका गरी १०० जना सांसदले मतदान गरेको बताइएको छ ।

आजै प्रतिनिधि सभाको उप-सभामुख पदको निर्वाचन प्रक्रिया शुरु गर्न सभामुखको निर्वाचनको नतिजा घोषणा गरे लगत्तै सभामुखको भूमिका निर्वाह गरिरहेको प्रतिनिधि सभाका जेष्ठ सदस्य जबराले प्रतिनिधि सभाका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रतिनिधि सभाको आजको बैठकले गत आइतबार पोखरामा भ एको यती एयरलाइन्सको हवाई जहाज दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली र व्यक्त गरी शोक प्रस्ताव पारित गरी एक मिनेट मौनधारण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *