प्रतिभा साकोस र सामाजिक साकोसको संयुक्त आय‍ोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुरको लगनखेलमा रहेका प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि.र सामाजिक बचत तथा ऋण सहकारी लि.को संयुक्त आयोजनामा आज लगनखेल बसपार्कमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी , केन्द्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न सो रक्तदान कार्यक्रममा ३१ जना पुरुय र १० जना महिला गरि ४१ जना रक्तदाताले रक्तदान गरेको आय‍ोजकको भनाइ छ । त्यस अवसरमा रक्तदाताहरुलाई प्रतिभा बचत तथा ऋण सहकारी संंस्था लि.का अध्यक्ष रेवतीप्रसाद दाहाल र सामाजिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तारानाथ फुँयालले प्रशंसा-पत्र प्रदान गर्नु्भयो ।


स्थानीय समुदायमा आधारित रही संस्थागत सुशासन कायम गरि राम्रोसँग सञ्चालन भइरहेका यी दई संंस्थाले पछिल्ला केही वर्षयता राष्ट्रिय सहकारी दिवसको अवसरमा निरन्तर रुपमा संयुक्त रुपमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।

यो वर्ष ६७औं राष्ट्रिय सहकारी दिवसको नारा ‘सहकारीमा सुशासन : प्रविधि र एकीकरण’ तय गरिएको छ ।

राजु घिमिरेद्वारा २५औँ पटक रक्तदान

यी दुुई संस्थाको संयुक्त आयोजनामा आज सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गरेका रक्तदाता राजु घिमिरेले

यो पटक सहित २५औं पटक रक्तदान गर्नुभएको छ । आयोजक मध्येको एक प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि.का पूर्व सञ्चालक समेत रहेका सहकारीकर्मी घिमिरेले युवा अवस्थामै आफूले २५औं पटक रक्तदान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

Leave a Reply