१ नं. प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
आजको १ नं. प्रदेशका मुख्यमन्त्री कार्कीले गठबन्धन दलका ५९ जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए भने नेपाली कांग्रेसका २८ र र नेकपा (एस)का ४ गरी ३२ प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका थिए । आजको मतदानमा नेपाली कांग्रेसका प्रदीप सुनुवार अनुस्थित हुनुभएको जानकारी प्राप्त भएको छ । सो प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेशलाई सवल र दरिलो बनाई प्रसस्त रोजगारी सृजना गर्ने बताउनुभयो । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै सोही प्रदेशका नि: बर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो दल प्रतिपक्षमा रहेर रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।
यसैगरी गण्डकी प्रदेशका मुख्यमसृजनालान्त्री अधिकारीले गण्डकी प्रदेश सभाको आजको बैठकमा ६० मध्ये ३१ मत प्राप्त गर्नुभयो भने उहाँको विपक्षमा २७ मत प-यो । केही दिन अघि नेकपा (एस)मा प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाडे बैठक उपस्थित हुनुभएन भने जेष्ठ सदस्यको हैसियतमा सो प्रदेश सभाको बैठकको अध्यक्षता गरेका नेकपा (एमाले)टा मित्रलाल बस्याल मतदानमा सहभागी हुनुभएन । मुख्यमन्त्री अधिकारीलाई नेकपा (एमाले), नेकपा (माके) र राप्रपाका गण्डकी प्रदेश सभाका सदस्यले समर्थन गरेका थिए । त्यस अवसरमा विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारीले आफूले बोलेर नभई काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण
यता मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव सहित नव नियुक्त मन्त्रीले प्रदेश प्रमुख समक्ष आज पद तथा गोपनियताको सफथ ग्रहण गरी पदभार ग्रहण गर्नुभक्षो।





