प्रधानमन्त्रीको राजीनाम माग्दै आज पनि सदन अबरुद्ध गर्ने तयारीमा एमाले, सदन खुलाउने प्रयाशमा सभामुख घिमिरे

संविधान विपरीत देशको सार्वभौकितामा अशर पर्ने गरि अभिव्यक्ति दिएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्नेे माग गरि गत बुधबारदेखि संघीय संसदका दुबै सदन अवरुद्ध गर्दै आएको नेकपा (एमाले) आज पनि सदन अवरुद्ध गर्ने तयारीमा रहेको बताइएको छ ।

हिजो पनि नेकपा (एमाले)का सांसदले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका थिए । यही विषयलाई लिएर नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।

गत बुधबार प्रतिपक्षी दलहरुले दुबै सदन अवरुद्ध गर्दा मिटरव्याज सम्बन्धी अध्यादेश निश्क्रिय भएको थिय‍ो । जसले गर्दा मिटरव्याज पीडितहरु आक्रोशित भएका छन् । स‍ोही कारण हिजो सप्तरीमा मिटरव्याज पीडितहरुले सप्तरीमा जुलुस सहित विरोध प्रदर्शन गरि मिटरव्याज पीडितहरुको समस्या यथाशिघ्र समाधान गर्न माग गरेका थिए ।

यता प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदन खुलाउन पहल गरिरहनु भएको जनाइएको छ । आज विहान संघीय संसदमा रहेका सबैजसो दलका सचेतकहरुसँग छलफल गरेका सभामुख घिमिरेले दलहरुका शीर्ष नेताहरुसँग संवाद गरिरहको बताइएको छ । मिटरव्याजसँग सम्बन्धित मुलुकी संहिताका केही कानुन संशोधन गर्न बनेको मिटरव्याज सम्बन्धी विधेयक संघीय संसदमा अगाडि बढाउने सरकारको तयारी रहेको बताइएको छ ।

Leave a Reply