प्रधानमन्त्री प्रचण्डको १ वर्ष श्रमजीवीहरुका लागि हात्ती आयो हात्ती आयो फुस्सा !

नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेको १ वर्ष पुगेको छ । यो एक वर्षभित्रको शुरुमा नेकपा (एमाले),रास्वपा , राप्रपा सहितका दलहरुको समर्थनमा र पछि नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा अगाडि बडेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको एक वर्ष महङगी, भ्रष्टाचार र दण्डहिनताले पीडित श्राजीवीहरुका लागि हात्ती आयो हात्ती आयो फुुस्सा जस्तै भएको सरोकारवालाहरु बताउछन् ।

प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको गठबन्धन सरकारले एक वर्षमा गरेका कामको फेहरिस्त मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रस्तुत गर्नुभयो । त्यस क्रममा आफू नेतृत्वको सरकारले गरेका राम्रा कामसँगै गर्न नसकेका केही काम र काम गर्ने क्रममा भएका कमिकमज‍ोरी बारे पनि चर्चा गर्दै आउदा दिनमा कमिकमजोरी सच्याएर सरकारले मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धता व्यम्त गर्नुभयो तर उहाँको यो सम्बोधनमा न त तत्काल मन्दी हटाउने र अर्थतन्त्रलाई चलायमान बनाएर महङ्गी, भ्रष्टाचार र अराजकतालाई नियन्त्रण गरी सुशासन कायम गर्ने भरपर्दो विषय नै आयो , न उत्पादन बढाउने र सरकारी तवरबाट विकास निर्माणका कामलाई गति दिने कुनै विशेष योजना नै आयो । उहाँको यो सम्बोधनमा सरकारले गरेका उपलब्धी भन्दा समस्याको चाङ बढी भएको जानकारहरु बताउछन् ।

सरकारी तवरबाट हुने विकास निर्माणका कामले गति नलिदा पैसा चलायमान नहुदाखेरी त्यसले बजारमा मन्दी छाएको नेपाल राष्ट्र बैंकका निर्देहक सहकुल सबेदीको भनाइ छ । सरकारले कार्तिक महिना भित्रमा ठेक्का लगाएर विकास निर्माणका काम गर्ने भनेपनि व्यवहारमा भने त्यस्तो देखिएको छैन । यसैले प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा गरेको सम्बोधनलाई धेरैले वास्ता गरेको देखिएन ।

Leave a Reply