प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने ७ दलको निश्कर्ष

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनमा आबद्ध ७ दलको बैठकले प्रतिपक्षी दलले प्रधानमन्त्रीको राजिनामा मागेर संसद अवरुद्ध गर्नु संसदीय मुल्य र मान्यता विपरीत रहेको ठहर गर्दै प्रधानमन्त्रीले पदबाट राजीनामा दिन नपर्ने निश्कर्ष निकालेको जानकारी प्रा्प्त भएको छ ।

यसैगरी सो बैठकले मिटरव्याज सम्बन्धी अध्यादेश निष्क्रिय भएक‍‍ोले मिटरव्याज सम्बन्घी विधेयक अगाडि बढाउने निर्णय गरेको जनाइऐको छ ।

यस्तै उक्त बैठकले कोशी प्रदेशका मुख्यमन्त्रीमा सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थनमा नेपाली कांग्रेस क‍ोशी प्रदेश सभा दलका नेता उद्धब थापालाई दाबी पेश गर्न लगाउने र त्यसका लागि नेपाली काग्रेसका २९, सभामुख सहित नेकपा (माके)का १३, नेकपा (एस)का ४ र जसपाका १ गरि ४७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर कोशी प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाउन सम्बन्धित दलहरुका प्रदेश सभा दलका नेतालाई निर्देशन दिने निर्णय भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *