प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री म‍‍ोदी बीच भेटबार्ता हुने

परराष्ट्र मन्त्री नारायणप्रकाश साउद , अर्थ मन्त्री डा.प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री शक्ति बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल लगायत नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरि हिजो ४ दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुध्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र म‍ोदी बीच आज विहान बजे नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा एक्ला एक्लै भेटवार्ता हुने कार्यक्रम रहेको बताइएको छ । आजै नेपाल र भारतका प्रतिनिधि मणडल बीच भेटवार्ता हुने जनाइएको छ । आजै प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा सहभागी हुने प्राप्त खबरमा उल्लेख छ ।

हिजो नै प्रधानमन्त्री प्रचण्डको भारतीय विदेश सचिव विश्वमोहन क्वात्रा र भारतीय सुरक्षा सल्लाहकार अजित डोभल वीच वार्ता भएको थियो ।

आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सम्पादनको जिम्मा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई

प्रदान गरी हिजो ४ दिने भारत भ्रमणमा नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डललाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

Leave a Reply