प्रा.डा. ओम गुरुङको निधन

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का सल्लाहकार समितिका अध्यक्ष प्रा.डा.ओम गुरुङको आज दिउसो निधन भएको छ । त्रिभुवन विश्वविद्यालयका समाज शास्त्र विभागका पूर्व प्रमुख प्रा.डा. गुरुङको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको आईसीयूमा राखेर क्यान्सरको उपचार गर्ने क्रममा दुबै मृगौलाले काम गर्न छाडेकाले आज दिउसो १:४५ बजे निधन भ एको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले जनाएको छ । १० वर्ष अगाडि मृगौला प्रत्यारोपण गरेका दिवंगत प्रा.डा. गुरुङलाई पछिल्लो समय क्यान्सर लागेपछि उहाँलाई केमो चढाउन थालिएको बताइएको छ । उहाँका श्रीमती , २ छोरी र एक छोरा छन् । छोराछोरी बाहिर रहेकाले उहाँको पार्थिव शरीर सोही अस्पतालमा नै राखिएको बताइएको छ ।

बिगत लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलन तथा उत्पीडित जातीय मुक्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पु-याउनुभएका प्रा.डा. गुरुङको दु:खद निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)अध्यक्ष मोहन बैद्य ‘किरण’, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतले शोक प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

Leave a Reply