फेरि बन्यो नयाँ सत्ता गठबन्धन, आजै प्रचण्डको नेतृत्वमा सानो आकारको नयाँ मन्त्रीपरिषद बन्दै

एकाएक सत्ता गठबन्धन भत्किएको छ । नेकपा (एमाले), रास्वपा र जसपाको समर्थनमा आजै नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सानो आकारको नयाँ मन्त्रीपरिषद गठन हुन लागेेको बताइएको छ । आज बन्ने नयाँ मन्त्रीपरिषदमा नेकपा (एमाले), नेकपा (माके), रास्वपा) र जसपाका १/१ जना सहभागी हुने जनाइएको छ तर जनमत पार्टीले भने निर्णय गरि सकेको छैन । नेकपा (एमाले)ले प्रमुख सचेतक पदम गिरीलाई सरकारमा पठाउन लागेको जनाएको छ ।

२०७४ को प्रतिनिधि सभाको निर्वाचन पछि तेस्रो पटक सत्ता गठबन्धन निर्माण भएको हो भने यो बीचमा पुष्पकाल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा तेस्रो पटक सरकार बन्न लागेको हो । यो गठबन्धनमानेकपा (माके)ले नेकपा (एस)लाई पनि समेटेर सँगै लान प्रयास गरिरहेको समाचार श्रोतले जनाएको छ ।

केन्द्रसँगै प्रदेशको गठबन्धन पनि बदलिने भएको छ । ७ वटामध्ये ३ नेकपा (एमाले), दुईवटा नेकपा (माके)ले र बाँकी अरु दलले लिने गरी छलफल भएको बताइएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफूले पाउनु पर्ने नाउपाले दावी गरेको जनाइएको छ ।

Leave a Reply