बझाङ-क मा ११ दलका उम्मेद्वारले पाए चुनाव चिन्ह

आगामी बैशाख १५ गते हुने बझाङ-क को सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको उप-निर्वाचनमा उम्मेद्वारी दिएका ११ दलका उम्मेद्वारलाई आज निर्वाचन आयोग, नेपालले चुनाव चिन्ह प्रदान गरेको छ । नेकपा (एमाले)का दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिशेखबहादुर सिंह , नेकपा (माके)का जनकबहादुर बुढा, राप्रपाका किश‍ोरकुमार खडका, नेकपा (एस)का दिलबहादुर सिंह, नेमकिपाका खगेन्द्रबहादुर शाही, जनमत पार्टीकी सुशिलादेवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, जनता समाजवादी पार्टी,नेपालका रामबहादुर जाग्री , नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगर र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले पार्टीको पुरानै चुनाव चिन्ह पाएका छन् ।

गत शनिबार त्यहाँ १२ दलका उम्मेद्वारले मनोनयन दर्ता गरेपनि अन्तमा नेेपाली जनता दलका उम्मेद्वार अशोक सुनारले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । त्यहाँ कुनै पनि उम्मेद्वार विरुद्ध दावी विरोध नपरेको निर्वाचन आयोग, नेपालको भनाई छ ।

त्यस क्षेत्रका सुुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री पृथ्वीबहादुर सिंहको परिवारका सहित सवारी दुुर्घटनामा परी गत असार ६ गते निधन भएपछि रिक्त त्यस क्षेत्रमा उप-निर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसले दिवंगत सिंहका छोरा अभिशेखलाई उम्मेद्वार बनाएको छ ।

Leave a Reply