राजावादी समूह तिनकुने, , गैहीधारा र कोटेश्वर क्षेत्रका निजी र सार्वजनिक सम्पति तोडफोड र आगजानीमा गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय , काठमाडौंले बागमतीदेखि मनोहरा खोलाभित्र पर्ने तिनकुने, गैह्रीधारा, सिनामंगल, एयरपोर्ट, तिलगंगा, कोटेश्वर, जडिबुटी क्षेत्रका साथै शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर गौशालामा अघि ४:२५ बजेदेखि भरेराती १० बजेसम्मका लागि कर्फ्यु लगाएको छ । कर्फ्युकोसमयमा भेला हुन, हिडडुल गर्न निशेध गरिएको छ तर कर्फ्युका कारण सो क्षेत्रमा पर्ने केही विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायत घर जान पाएका छैनन् । कर्फ्युका कारण आफूहरु विद्यालयबाट बाहिर निस्किन नपाएको काठमाडौंको सुबिधानगरस्थित ट्रिटोन इण्टरनेशनल सेकेण्डरी स्कुलकी एक शिक्षिकाले अलगपथलाई बताइन ।
राजावादी समूहले आलोकनगरस्थित नेकपा (एस)को केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरे भने र पेरिसडाँडास्थित नेकपा (माके) को केन्द्रीय कार्यालयमा तोडफोड प्रयास गरेको गरेका थिए ।
यस्तै जडिबुटीस्थित एक कारखानामा पनि राजावादी समूहले आगजनी गरेको सुनिएको छ ।





