बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले पुन: पाए विश्वासको मत

नेकपा (माके)का नेता शालिकराम जम्मरकट्टेल नेतृत्वको बागमती प्रदेश सरकारल शुक्रबार बागमती प्रदेश सभाबाट पुन: विश्वासको मत प्राप्त गरेको छ । बागमती प्रदेश सभामा रहेका ११० मध्ये ९१ जना प्रदेश सभा सदस्यको सो बैठकमा उपस्थिति रहेकामा ६७ जनाले जम्मरकटटेल नेतृत्वको बागमती प्रदेश सरकारको पक्षमा र १७ जनाले विपक्षमा मतदान गरे भने राप्रपाका ७ जना भने तटस्थ रहेका थिए । नेकपा (एमाले) र नेमकिपाका प्रदेश सभा सदस्यले सरकारको विपक्षमा मतदाग गरे । नेकपा (एमाले), राप्रपा र नेमकिपा बाहेक सबै दलका प्रदेश सभा सदस्यले सरकारको पक्षमा मतदान गरे ।

यता सो सरकारको विपक्षमा रहेको नेकपा (एमाले)का ४ मन्त्री सरकारबाट बाहिरिएका छन् ।

Leave a Reply