बागमती प्रदेश सरकारमा एमालेका थपलियाको प्रवेेेशले मुख्यमन्त्री जम्मरकट्टेललाई शान्ति

एक वर्षपछि शनिबार पुन: नेकपा (एमाले)का बागमती प्रदेश सभा दलका नेता जगन्नाथ थपलिया बागमती प्रदेश सरकारमा प्रवेश गरेसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले शान्तिको सास फेर्नुभएको छ । एमाले नेता थपलिया बागमती प्रदेेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको छ । उहाँले शनिबार नै बागमती प्रदेश प्रमुुख यादवचन्द्र शर्माबाट मन्त्रीको पद तथा ग‍‍ोपनियताको सपथ ग्रहण गरि पदभार सम्हाल्नुभय‍ो ।

नवनियुक्त मन्त्री थपलिया यस अघि गत वर्षको पुस २६ गते बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको थियो तर एमाले सहितको तत्कालीन सत्ता गठबन्धन भत्किएर नेपाली कांग्रेस सहितका दलहरुको नयाँ सत्ता गठबन्धन बनेपछि थपलिया सहित नेकपा (एमाले)क‍ो तर्फबाट बागमती प्रदेश सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरु बागमती प्रदेश सरकारबाट गत वर्षको चैत्र १० गते बाहिरिएका थिए ।

गत फाल्गुण २१ गते केन्द्रमा नेकपा(एमाले), नेकपा (माके), रास्वपा सहितका दलहरुको नयाँ सत्ता गठबन्धन बनेपछि बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसक‍ा तर्फकाट प्रतिनिधित्व गरेका मन्त्रीहरु बाहिरिए र उनीहरुले छाडेका मन्त्रालय मुख्यमन्त्री जम्मरकट्टेलले सम्हान्नुभएको थियो ।

यस अघि मुख्यमन्त्री जम्मरकट्टेलले हानेपा भित्रको विवादका बीच स‍ो पार्टीका बागमती प्रदेश सभा दलका नेता शैलेन्द्रमान बज्रचार्यलाई बागमती प्रदेशको संंस्कृति, पर्यटन तथा सहकारी मन्त्री बनाउनुभएक‍ो थियो ।

Leave a Reply